Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पोखरीमा डुबेर बालकको मृत्यु


१३, असोज २०८१
  • 150
    SHARES
  • पोखरीमा डुबेर बालकको मृत्यु

    बाँके । बाँकेको जानकी गाउँपालिका-३ इन्द्रपुरका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

    जानकी गाउँपालिका ३ इन्द्रपुरस्थित बसिर अलीका ९ वर्षीया छोरा अर्थान अलीको घर नजिकै रहेको पोखरीमा माछा मार्न जाँदा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    अर्थान अलि घरभन्दा १५० मिटरको दुरीमा रहेको पोखरीमा माछा मार्ने क्रममा चिप्लिएर पोखरीमा डुबेर बेपत्ता भएका थिए । सशस्त्र प्रहरीको गोताखोर टोलीले ती बालकको खोजी गर्दा शव बाहिर निकालेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० बाँकेका प्रमुख सशस्त्र एसपी विमल डाँगीले बताउनुभयो ।

    उहाँका अनुसार डुबेर बेपत्ता भएका बालकको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेबाट गोताखोर पठाइदिन अनुरोध गरिएकोमा सशस्त्र प्रहरी बल नेपाल बिओपि जयसपुरबाट सशस्त्र प्रहरी निरीक्षक ललित शाहीको कमाण्डमा ७ जनाको टोली र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण शमशेरगन्जबाट सशस्त्र प्रहरी नायब निरीक्षक टेक प्रसाद आचार्यको कमाण्डमा ६ जनाको गोताखोर टोलीले पोखरीमा खोजी गरेर बालकको शव निकालेको हो ।

    बालकको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाएर पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । केही दिन यता भएको वर्षाले गर्दा विभिन्न ठाउँमा रहेका पोखरी, नाला र तलाउहरूमा पानी भरिएकोले ती स्थानमा बालबालिकालाई जान नदिन र सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय बाँकेले बाँकेवासीसँग अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले बताउनुभयो ।  

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend