कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको निवासमा नेपाल क्यानडा टुरिजम कल्चर ट्रेड, नेपालको टिमले असोज ८ गते भेटघाट गरेको थियो ।
भेटघाटको क्रममा संस्थाको विषयवस्तु उद्देश्यबारे जानकारी दिदै अध्यक्ष नर बहादुर टण्डनले सुदूरपश्चिमको विकासमा सहकार्य गरी अगाडि बढन चाहेको बताउनुभएको थियो ।
अध्यक्ष टण्डनले पाइलट प्रोजेक्टबारे प्रकाश पार्दै स्वास्थ्य क्षेत्रमा टेवा पुर्याउने उदेश्यले एयर बस खरिदको लागि आधा रकम संस्थाले र आधा रकम प्रदेश सरकारलाई लगानी गर्न आग्रह गर्नुभएको थियो ।
उक्त छलफलमा मुख्यमन्त्री शाहले टण्डनको अभियानको प्रशंसा गदैँ उक्त विषयको अध्ययन गरी सहकार्यमा प्रदेशको साथ रहने उल्लेख गर्नुभएको थियो ।