Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आरोहण क्षेत्र प्रभावित


१४, असोज २०८१
  • 182
    SHARES
  • आरोहण क्षेत्र प्रभावित

    काठमाडौँ । भारी वर्षासँगै उच्च हिमाली क्षेत्रमा भएको हिमपातले आरोहण क्षेत्र प्रभावित भएको छ ।

    पर्यटन विभागका अनुसार गोरखाको उत्तरी क्षेत्र र मुस्ताङमा असोजमै भएको हिमपातले मनास्लु र टुकुचे हिमाल आरोहण प्रभावित भएको हो ।

    विभागका निर्देशक राकेश गुरुङका अनुसार मनास्लु क्षेत्र र टुकुचे हिमाली क्षेत्र हिउँले ढाकेपछि आरोहणमा गएका आरोहीहरू आधार शिविरमै रोकिएका छन् ।

    उहाँले भन्नुभयो, “गोरखाको उत्तरी क्षेत्रमा भएको बाक्लो हिमपातका कारण मनास्लु आरोहण गर्न बाँकी करिब ५० जना आरोही आधार शिविरमै रोकिएका छन् । आरोहण पूरा गरेर हिमपातका कारण आधार शिविरमै रोकिएका आरोहीमध्ये केहीलाई आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको छ ।”

    हिमपातका कारण मनास्लु, धवलागिरि पहिलो, कुटुचेलगायत हिमालका आधार शिविरमा रोकिएका आरोही आरोहणका लागि अनुकूल मौसमको पर्खाइमा रहेको र मौसममा सुधार आएपछि मात्रै पुनः आरोहण सुरु हुने उहाँले बताउनुभयो ।

    मनास्लु आधार शिविर क्षेत्रमा करिब पाँच फिटसम्म हिमपात भएकाले आरोहण सुरु हुन केही दिन लाग्ने उहाँको भनाइ छ । मनास्लु आरोहणका लागि यो सिजनमा २८ समूहका ३०८ जनाले अनुमति लिएका थिए ।

    निर्देशक गुरुङका अनुसार हिमपातका कारण हिमाली क्षेत्रमा रोकिएका आरोहीको सकुशल उद्धारका लागि हाल हेलिकोप्टर उडान गर्न निषेध रहेको क्षेत्रमा समेत उडानलाई सहज बनाउन गृह मन्त्रालयले स्विकृति दिएको छ ।

    त्यस्तै मनास्लु र सोलुखुम्बु क्षेत्रमा उद्धार पर्खाइमा रहेका पर्यटकको हवाई उद्धारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर उडान अनुमति प्रदान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

    पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख प्रहरी नायब उपरीक्षक रितबहादुर सिंहका अनुसार आइतबार देशका विभिन्न स्थानमा अलपत्र परेका ८८ जना विदेशी नागरिकको उद्धार गरिएको छ । पर्यटन विभाग र पर्यटन प्रहरीको समन्वयमा गोरखाको सामागाउँबाट ८६ जना, काभ्रेबाट दुई जना पर्यटकलाई हेलकोप्टरमार्फत उद्धार गरिएको हो । अविरल वर्षासँगै आएको पहिरोमा परी सिन्धुपाल्चोकमा एक र काभ्रेको पनौतीमा एक जना पर्यटकको निधन भएको छ ।

    त्यस्तै सिन्धुपाल्चोकमा एक र मनास्लुबाट एक जना पर्यटक बेपत्ता रहेको र खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो ।  

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend