Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कार्यालय प्रमुखलाई मुख्यमन्त्रीको निर्देशन एक्सन प्लानमा काम गर्नुहोस’


२७, असार २०८०
  • 130
    SHARES
  • कार्यालय प्रमुखलाई मुख्यमन्त्रीको निर्देशन एक्सन प्लानमा काम गर्नुहोस’

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले कार्य योजना मार्फत विकासका कामहरु गनुपर्ने बताएका छन् । चौधरीले प्रदेश सरकार अन्तर्गत दाङ जिल्लामा रहेका कार्यालय प्रमुखहरुलाई कार्य योजना बनाएर कार्य सम्पादन गर्न निर्देशन दिएका हुन् ।

    दाङ जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिदै मुख्यमन्त्री चौधरीले जनताले प्रत्यक्ष रुपमा अनुभूति गर्ने गरि विकास निर्माणका काम गर्न र ती कामहरु कार्यालयले कार्य योजना बनाएर मात्र सञ्चालन गर्न आग्रह गरे । विकास र समृद्धिका लागि एक्सन प्लान’ बनाएर काम गरौ मुख्यमन्त्री चौधरीले भने, जसले परिमाण पनि राम्रो र उत्कृष्ट दिन सकोस् । उनले काम गर्दा अलमल गर्ने, ढिला सुस्ती गर्ने काम बन्द गर्न र जनताको आबश्यता अनुसार उत्पादन मुलक काममा ध्यान दिन निर्देशन गरे ।

    बुधवार दाङको घोराहीमा भएको कार्यक्रममा मुख्यमन्त्री चौधरीले कार्यालयको कार्य सम्पादन प्रभावकारी बनाउन आग्रह समेत गरे । जनताको नजिकको सरकार जिल्लागत कार्यालय भएको भन्दै त्यो अनुसारको सेवा प्रवाह र कार्य सम्पादन हुनु पर्ने उनले बताए । मुख्यमन्त्री चौधरीले कार्यालयमा क्षेत्रगत कामको विभाजन गरि कार्यसम्पादन गर्न र आबश्यक जनशक्तिलाई समेत त्यहि अनुसार व्यवस्थापन गर्न निर्देशन दिए । उनले हरेक योजना उत्पादन र रोजगारसंग जोड्नु पर्ने बताए ।

    कार्यालय प्रमुखहरुले आर्थिक वर्ष २०७९/८०को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८०/०८१ योजानाको विषयमा जानकारी गराएका थिए । उनीहरुले साना योजनाहरु धेरै भएको हुदा कार्यान्वयनमा समेत समस्या रहेको र कार्यान्वयनका लागि प्राविधिक जनशक्ति अभाव रहेको बताएका थिए ।

    उनीहरुले चालु आर्थिक वर्षमा सन्तोष जनक प्रगति रहेको जानकारी गराएका थिए । जिल्लामा पूर्वाधारका कामहरुको प्रगति ८० प्रतिसत माथि रहेको जानकारी गराइएको थियो । खानेपानीका केही पुराना योजना आर्थिक अभावका कारण पुरा हुन नसकेको जानकारी गराइएको थियो । भने कृषि र भेटेनरी कार्यालयका योजनाहरु रोजगार सँग जोड्न आग्रह गरिएको थियो ।

    कार्यक्रममा स्वास्थ्य मन्त्री राजु खनालले जिल्लामा देखिने गरि काम गर्न आग्रह गरे । उनले योजनालाई समयमा पुरा गर्ने वातावरण कार्यालयले निर्माण गर्नु पर्ने बताए ।

    योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले जनतासंग जोडिएर काम गर्नु पर्ने बताए । उनले योजना गत रुपमा कार्य क्षेत्र निर्माण गर्ने र प्रगतिको समिक्षा गर्दे योजना निर्माण गर्नु पर्ने बताए । त्यसो भएमा प्रगति र उपलब्धी दुवै हुने बताए ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend