Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

स्थानीय जातको गाई संरक्षणका लागि मदाने गाउँपालिकाले कृषकलाई प्रोत्साहन भत्ता दिने


८, कात्तिक २०८१
  • 167
    SHARES
  • स्थानीय जातको गाई संरक्षणका लागि मदाने गाउँपालिकाले कृषकलाई प्रोत्साहन भत्ता दिने

    गुल्मी । रैथाने (स्थानीय) जातको गाईको संरक्षणमा सहयोग पुराउने उदेश्यले गुल्मीको मदाने गाउँपालिकाले गाइपालक कृषकलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।

    मदाने गाउँपालिकाले यस आर्थिक वर्षदेखि मदाने-१ अग्लुङ्गबाट गाईपालक किसानलाई भत्ता प्रदान गर्न लागिएको जानकारी गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले दिनुभयो ।

    स्थानीय गाई लोप हुने क्रम बढेको र स्थानीय पाका पुस्ताबाट संरक्षणका लागि वडा र गाउँपालिकामा माग भएकोले रैथाने गाई संरक्षणका लागि चालू आर्थिक वर्ष २०८१/०८२ को बजेटमा कार्यक्रम समावेश गरि लागु गरिएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

    मदाने-१ अग्लुंगका वडा अध्यक्ष शुशील चन्दका अनुसार अग्लुङ्गभित्रका किसानहरूले पालेका स्थानीय गाई संरक्षण र पालनका लागि प्रोत्साहन गर्न गाई पालक किसानलाई प्रोत्साहन भत्ता वितरणका लागि वडाबाट यस वर्ष एक लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो ।

    गाउँमा स्थानीय गाई पाल्ने किसानहरू नहुँदा स्थानीय गाई लोप हुने अवस्थामा पुग्न थालेपछि आर्थिक र सांस्कृतिक महत्त्व बोकेका रैथाने गाई लोप हुनबाट जोगाउन वडाले गाई संरक्षण विशेष कार्यक्रम ल्याएको वडा अध्यक्ष चन्दले बताउनुभयो ।

    गाईको दुध, मूत्र (गहुँत) र गोवर विभिन्न धार्मिक कार्यक्रममा चाहिने हुँदा गाउँघरमा रैथाने गाई नै पाल्न छाडेपछि धर्म संस्कृति समेत लोप हुँदै जाने भन्दै वडाले यस्तो निर्णय गरेको उहाँले बताउनुभयो ।

    गाई बिक्री गर्दा उचित मूल्य नपर्ने र पछिल्लो पुस्ता पशुपालनसँगै कृषि पेशामा आबद्ध नहुँदा स्थानीय गाई लोप हुने अवस्थामा रहेको स्थानीय बालनरसिंङ चन्दले बताउनुभयो ।

    स्थानीय गाई संरक्षणका गर्नका लागि देशव्यापी अभियान जरुरी रहेको र वडाले गाई संरक्षणका लागि गरेको कार्य सबैले अनुसरण गर्न जरुरी रहेको चन्दले बताउनुभयो ।

    गाईको दूध मानव स्वास्थ्यका लागि अत्यन्तै पौष्टिक हुनुका साथै गाईको मूत्र धार्मिक तथा वैज्ञानिक रूपले पनि अत्यन्तै महत्त्वपूर्ण रहेकोले धर्म संस्कृतिको संरक्षण गर्न रैथाने स्थानीय गाईको संरक्षण गर्न जरुरी रहेको स्थानीय पण्डित हरिप्रसाद भट्टराईले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend