Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पर्यटकीय मौसम शुरु भएसँगै अन्नपूर्ण पदमार्गमा फोहोर व्यवस्थापन


८, कात्तिक २०८१
  • 132
    SHARES
  • पर्यटकीय मौसम शुरु भएसँगै अन्नपूर्ण पदमार्गमा फोहोर व्यवस्थापन

    पर्वत । पर्यटकीय मौसम शुरु भएसँगै विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गको थ्रोङ्ला पास नाकासम्म पुग्ने पदमार्गको फोहोर व्यवस्थापन गरिएको छ ।

    समुद्री सतहबाट पाँच हजार चार सयभन्दा बढीको उचाइमा रहेको थोरङला पासमा विश्वभरबाट बर्सेनी हजारौँ पर्यटक नेपाल आउने गरेका छन् ।

    मनाङ हुँदै मुस्ताङ जिल्लामा निस्किने अन्नपूर्ण सर्किटमा पर्ने चक्रीय पदमार्गमा पर्यटकको चाप बढ्न थालेपछि फोहोर व्यवस्थापन गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा ४५ जनाको उपस्थितिमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-२ फेदी हुँदै थ्रोङ्ला पास नाका जाने मार्गमा सरसफाइ गरिएको हो ।

    सरसफाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङलगायत पनि उपस्थित थिए । सरसफाइको क्रममा सबैभन्दा बढी पानीको बोतल, क्यान, बिस्कुट, लगायतका ड्राइ फ्रुट्स प्याक गरेका प्लाष्टिक धेरै मात्रामा भेटिएका छन् ।

    करिब ३० बोरा फोहोर सङ्लन भएकोमा जलाउन मिल्ने फोहोर त्यहीँ नष्ट गरिएको तथा सिसा र बोतल खाडल खनेर गाडिएको प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले बताए ।

    ‘बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष सहित वडाध्यक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रतिनिधि प्रहरी लगायत गरी ४५ जनाको टोलीले सफा गरेको हो’, उनले भने, ‘पर्यटकीय मौसम शुरु हुने बेलामा यो सरसफाइ कार्यक्रमले विदेशी पाहुनामार्फत विश्वभर सकारात्मक सन्देश लैजान सहयोग मिल्छ ।’

    कार्यक्रममा सहभागी बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका-१ का वडाध्यक्ष प्रमेश गुरुङले वडाबाट पैदल यात्रा गरेर करिब ५/६ घण्टा लाग्ने ठाउँसम्म पुगेर फोहोर उठाएको बताए । चिसो मौसम आइसकेको र अबका दिनमा सरसफाइमा जान कठिन हुने तर पर्यटकको चाप बढ्ने भएकाले यही वेला पदमार्गको सरसफाइ उपयुक्त हुने उनको भनाइ छ ।

    अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । गण्डकी प्रदेशको लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की समेटिएको अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेकाले थोराङ्ला साहसिक गन्तव्यको रूपमा परिचित छ ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend