Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एउटै गाउँबाट बिक्यो छ करोडको अकबरे खुर्सानी


२५, कात्तिक २०८१
  • 212
    SHARES
  • एउटै गाउँबाट बिक्यो छ करोडको अकबरे खुर्सानी

    पाल्पा । रिब्दीकोटका किसानले छ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका छन् । पालिकाभित्रका विभिन्न वडाका किसानले यस वर्ष छ करोडभन्दा बढी मूल्यका अकबरे खुर्सानी बिक्री गरेका हुन् ।

    अकबरे खुर्सानीबाट यहाँका प्रतिकिसान एक लाख रुपियाँदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्न सफल भएका छन् । चार वर्षअघि रिब्दीकोटको पालुङ्मैनादी, भैरवस्थान, खस्यौली, देउरालीलगायतका स्थानमा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरिएको थियो ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन) को सहयोगमा सुरु भएको अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी भएपछि हरेक वर्ष खुर्सानी खेतीबाट किसानले गर्ने आम्दानी बढेको पालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो ।

    “गत वर्ष चार करोडको अकबरे खुर्सानी बिक्री गरिएको थियो,” उहाँले भन्नुभयो, “यस वर्ष छ करोडभन्दा बढीको बिक्री भइसकेको छ ।” यहाँका किसानले यस वर्ष प्रतिकिलो दुई सयदेखि पाँच सय रुपियाँसम्ममा खुर्सानी बेचेका छन् ।

    किसानले उत्पादन गरेको अकबरे बेच्न पालिकाले विभिन्न स्थानका चाउचाउ कम्पनी तथा अन्य खुर्सानी खरिद गर्ने कम्पनीसँग समन्वय गर्दै आएको छ । पालिकाको समन्वयमा किसानले उचित मूल्यमा अकबरे खुर्सानी बिक्री गर्दै आएको अध्यक्ष कार्कीले बताउनुभयो ।

    गाउँपालिकाले खुर्सानी खेतीका लागि निःशुल्क बिउ वितरण, प्लास्टिक टनेल, सिँचाइका लागि पाइप वितरण र प्राविधिक सहयोग गर्दै आएको छ ।

    अकबरे खुर्सानी खेतीले राम्रो प्रतिफल दिन थालेपछि यहाँका किसान थप उत्साहित बनेका छन् । खुर्सानी खेतीबाट राम्रो आम्दानी भएपछि हरेक वर्ष खेती विस्तार गर्ने किसानको सङ्ख्या र क्षेत्रफलसमेत बढेको गाउँपालिकाकी कृषि प्राविधिक प्रज्ञा लाम्टाङेले बताउनुभयो ।

    अकबरे खुर्सानीले राम्रो आम्दानी दिएपछि किसानको प्रमुख आम्दानीको स्रोत बन्दै गएको छ । अहिलेसम्म अकबरे खुर्सानीबाट राम्रो आम्दानी लिइरहेको र आफूहरूको आम्दानीको मुख्य स्रोत खुर्सानी खेती बनेको रिब्दीकोट–३ का किसान लक्ष्मण अर्यालले बताउनुभयो ।

    उहाँले आफूले एक हजार पाँच सय बिरुवाबाट २० क्विन्टल अकबरे उत्पादन गरी बेचेको जानकारी दिनुभयो ।किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यका साथ चार वर्षअघि सुरु गरिएको अकबरे खुर्सानी खेतीमा अहिले एक हजार किसान सक्रिय रहेका छन् ।

    अहिले अन्य खेती छाडेर अकबरे खुर्सानी खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको पालिकाका निवर्तमान अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो । वार्षिक एक लाखदेखि १० लाखसम्म आम्दानी गर्ने किसान पनि बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।   

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend