Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मुख्यमन्त्री डिल्ली चौधरीद्धारा मिसन लुम्बिनी डटकमको शुभारम्भ


२९, असार २०८०
  • 948
    SHARES
  • मुख्यमन्त्री डिल्ली चौधरीद्धारा मिसन लुम्बिनी डटकमको शुभारम्भ

    देउखुरी । मिसन लुम्बिनी मिडिया प्रा।लि द्धारा सञ्चालित मिसन लुम्बिनी डटकम डिजिटल पत्रिकाको शुक्रवार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश सरकार राप्ती उपत्यका देउखुरी दाङमा कार्यक्रम आयोजना गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली वहादुर चौधरीले पत्रिकाको शुभारम्भ गरेका हुन् ।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली वहादुर चौधरीले गाउँ, नागरिक र सरकारको पुलको काम गर्न सुझाव दिए। उनले ग्रामिण स्तरमा रहेका समस्यालाई उठाउनु पर्ने भन्दै खोज पत्रकारितालाई अबलम्बन गर्दै सत्य तथ्यमा आधारित भएर मिसन लुम्बिनीले यथार्थमा रहेर समाचार लेख्ने कुरामा आफु विश्वास व्यक्त गर्दै पत्रिकाको सफलताको शुभकामना व्यक्त गरे । मुख्यमन्त्री चौधरीले सरकार तत्काल विस्तार हुने बताए ।

    लुम्बिनी प्रदेश सभा सभामुख तुलाराम घर्तीले ५० लाख प्रदेशबासी जनतासामु सरकारका काम र सरकारले गर्ने आगामी कार्ययोजना पुर्‍याउन आग्रह गरे । उनले पत्रिकाको नाम अनुसार काम पनि गर्न तदारुकता दिनुपर्नेमा जोड दिदै शुभकामना दिए ।

    आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेले पत्रिकाको सफलताको शुभकामना दिदै प्रदेश सरकारलाई सफल बनाउन मिसन लुम्बिनीको कलम शसक्त रुपमा चलाउन आग्रह गरे ।  

    प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सरकारप्रति जनताको बढ्दो वितृष्णालाई मेटाउन प्रदेश सरकारले गरेका गतिविधिलाई समाचारको माध्यमबाट नागरिकलाई सुसूचित गराउन आग्रह गर्दै शुभकामना व्यक्त गरे ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसददीय दलका प्रमुख सचेतक जन्मजय  तिमसिल्नाले पत्रकारिताले समाजमा रहेका विकृति विसंगतिलाई निरुत्साहित गर्न र विकास निर्माणलाई अघि बढाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए  ।

    प्रदेश योजना आयोग लुम्बिनीका उपाध्यक्ष डा.नहकुल केसीले अनलाईन पत्रिकाको पूर्ण सफलताको काम गर्दै जनस्तरको आवाज उठाउन आग्रह गरे ।

    लुम्बिनी प्रदेश सरकारका निमित्त प्रमुख सचिव राजेन्द्र थापाले  अनलाईन पत्रिकाको प्रभावकारीता बढ्दै गएको बताए । उनले प्रदेशको सुशासन र कामकारबाहीका क्रममा हुने गरेका कमिकमजोरी औल्याउँदै राम्रा कामहरुको बारेमा नागरिक सामु पस्किनुपर्ने सुझाव दिए ।

    कार्यक्रममा मिसन लुम्बिनीका सञ्चालक तथा प्रवन्ध निर्देशक राम कुमार क्षत्रीले संघीयतामा प्रदेश संरचनालाई सफल बनाउनका लागि प्रदेशलाई केन्द्र बनाएर आफुहरुले अनलाईन पत्रिका सञ्चालन गरेको जानकारी गराएका थिए ।  लुम्बिनी प्रदेशको समग्र सामाजिक, आर्थिक, राजनीतिक र आर्थिक पारदर्शिताका सवाललाई विशेष महत्त्वका साथ उठान गर्ने उद्देश्यले डिजिटल पत्रिका खोलिएको बताउँदै सरकारले प्रदेशलाई विकासोन्मुख गतिमा लैजाने लक्ष्य अनुरुप जस्तै हामीले पनि लिएको उद्देश्य मेल खाएको भन्दै सरकारले गरेका काम कारबाहीका सुचना सहज रुपमा दिएर सहयोग गर्नेमा विश्वस्त रहेको बताए ।

     मिसन लुम्बिनी मिडिया प्रा.लीका अध्यक्ष रामप्रसाद पाण्डेको  अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम किरण पाण्डेले संचालन गरेका थिइन् ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend