Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

टिचिङ अस्पतालमा कर्मचारी मृत्यु प्रकरण : प्रशासन प्रमुखसहित ४ जना पक्राउ


३०, असार २०८०
  • 235
    SHARES
  • टिचिङ अस्पतालमा कर्मचारी मृत्यु प्रकरण : प्रशासन प्रमुखसहित ४ जना पक्राउ

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भएको एक कर्मचारीको मृत्युबारे अनुसन्धानका लागि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।

    परिवारले आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।

    परिवारको जाहेरीले पछि पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त, महाराजगञ्जको हिरासतमा राखिएको छ ।

    शुक्रबार बिहान साढे ८ बजेतिर अस्पतालका फार्मेसी इञ्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । लगत्तै प्रहरी वृत्त, महाराजगञ्जको टोली घटनास्थलमा पुगेको थियो ।

    त्यसक्रममा सुसाइड नोट पनि फेला परेको थियो । पोखरेल मृत भेटिएपछि दिनभर अस्पतालमा तनावको स्थिति सिर्जना भएको थियो ।

    अस्पताल स्रोतका अुनसार, पोखरेलसहित ७ जना कर्मचारीलाई बिहीबार मात्रै स्पष्टीकरण सोधिएको थियो । ‘औषधिमा हिनामिना गरेको आरोपमा प्रशासन प्रमुख बस्नेत समेत भएको समितिले छानबिन गरिरहेको थियो’, स्रोतले भन्यो, ‘छानबिन भइरहेको बेला उनी मृत फेला परे ।’

    प्रहरी स्रोतका अनुसार, दुई वटा पानामा भएको सुसाइड नोटमा पनि उनले आफूलाई फसाउन खोजिएको जिकिर गरेका छन् ।

    ‘आफूले गल्ती गरेर मलाई फसाउन खोज्ने, ब्ल्याकमेल गर्नेहरुको जय होस्’, उनले भनेका छन् । स्रोतका अनुसार उनले केही साथीहरुलाई उल्लेख गरेर धन्यवाद भनेका छन् भने परिवारबारे पनि लेखेका छन् ।

    यसैबीच, मृतकको परिवारले घटनाबारे छानबिनका लागि उच्च स्तरीय समितिको माग गरेका छन् । पोखरेललाई जोडिएको प्रकरणमा समेत सत्यतथ्य छानबिन गर्ने गरी समिति गठनको माग गर्दै उनीहरुले शव उठाएका थिएनन् ।

    काठमाडौं प्रहरीका अनुसार शुक्रबार साँझ चार जनालाई पक्राउ गरेपछि शव उठाउने वातावरण बनेको छ । पोष्टमार्टमका लागि शव पठाएर थप अनुसन्धान अघि बढाउने प्रहरी तयारी छ ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend