Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रुन्टिगढी गाउँपालिका- ४ को उपनिर्वाचनमा छ दलको मनोनयन दर्ता


२, मंसिर २०८१
  • 304
    SHARES
  • रुन्टिगढी गाउँपालिका- ४ को उपनिर्वाचनमा छ दलको मनोनयन दर्ता

    रोल्पा । निर्वाचन आयोग नेपालद्धारा रिक्त रहेको स्थानीय तहमा मंसिर १६ मा उप-निर्वाचन हुँदै छ ।

    आइतबार निर्वाचन आयोग नेपालले उपनिर्वाचन हुने स्थानीय तहमा इच्छुक राजनीतिक दललाई आफ्नो उम्मेदवारी दर्ता गराउन आग्रह गरेको छ ।

    सोही अनुरुप आइतबार रुन्टिगढी गाउँपालिका-४ को मंसिर १६ गते हुने उपनिर्वाचनको नेकपा माओवादी केन्द्रले वडा अध्यक्ष पदको उप-निर्वाचनमा नरेशजंग सिंहले मनोनयन दर्ता गरिएको छ ।

    निर्वाचन आयोग स्थानीय तह उपनिर्वाचन २०८१ मुख्य निर्वाचन अधिकृतको कार्यालय रुन्टिगढी गाउँपालिका-४ मसिनामा छ दलको वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरिएको हो ।

    नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोख बहादुर महरा, प्रदेश स्तरका नेता तथा जिल्ला स्तरका नेता कार्यकर्ता लगायतले र्‍याली बाजागाजा सहित मनोनयन दर्ता गराएका हुन ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट वडा अध्यक्ष पदको उप-निर्वाचनमा पहल बहादुर वलीले उम्मेदवारी दर्ता गराउनु भएको छ । मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीको तर्फबाट वडा अध्यक्ष पदको उप-निर्वाचनमा पूर्ण बहादुर बुढाले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदको उप-निर्वाचन बेगम पुनले मनोनयन दर्ता गराउनु भएको छ ।

    नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य इश्वरी जिएम, नेकपा एमाले पोलिट ब्युरो सदस्य तथा संविधान सभा सदस्य गोकुल घर्ती लगायत,प्रदेश स्तर,जिल्ला स्तरका नेता तथा कार्यकर्ताले र्‍याली र गाजाबाजा सहित उम्मेदवार दर्ता गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट वडा अध्यक्ष पदको उप-निर्वाचनमा हिम बहादुर पुनको उम्मेदवारी दर्ता भएको छ ।

    नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदको उप-निर्वाचनमा भुपमणी पुन मगरले उम्मेदवारी दर्ता गराउनु भएको छ। नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द राज पोख्रेल,नेपाली कांग्रेसका केन्द्रिय सदस्य राधा घले,प्रदेश स्तरका नेता,जिल्ला स्तरका नेता कार्यकर्ता विशाल र्‍याली सहित बाजागाजाले मनोनयन दर्ता गरेका हुन ।

    रुन्टिगढी गाउँपालिका-४ को उपनिर्वाचनमा छ दलका उम्मेदवारले वडा अध्यक्ष पदमा मनोनयन दर्ता गराएको निर्वाचन आयोग स्थानीय तह उपनिर्वाचन २०८१ मुख्य निर्वाचन कार्यालयका निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश बिनोद खतिवडाले जानकारी दिनु भएको छ ।

    रुन्टिगढी गाउँपालिका-४ का वडा अध्यक्ष टंक बहादुर पुनको स्क्रब टाइफसका कारण २०८० असार २७ गते अस्पतालमा  निधन भएको थियो । पुन नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष थिए । उक्त रिक्त पदका लागि मंसिर १६ मा उपनिर्वाचन हुँदै छ ।

     

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend