Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मुस्ताङमा पर्यटकको खर्च झन्डै दुई अर्ब


४, मंसिर २०८१
  • 243
    SHARES
  • मुस्ताङमा पर्यटकको खर्च झन्डै दुई अर्ब

    म्याग्दी । मुस्ताङ जिल्लामा भ्रमण गर्ने पर्यटकले कात्तिकमा मात्रै सरदर दुई अर्ब हाराहारीको आर्थिक कारोबार गरेका छन् ।

    पवित्र तीर्थस्थल मुक्तिनाथ, कागबेनी तथा दामोदरकुण्ड जस्ता धार्मिक स्थल रहेको मुस्ताङ भ्रमण गर्न आउने पर्यटकले गर्ने सरदर खर्च झन्डै दुई अर्ब कारोबार भएको देखिन्छ ।

    कात्तिक १ देखि ३० गतेसम्म एक लाख १३ हजार तीन सय आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । उनीहरूले मुस्ताङ भ्रमण गर्दा सरदर १५ हजार हाराहारी खर्च गर्ने भएकाले एक अर्ब ७० करोड हाराहारी खर्च गरेको अनुमान गरिएको हो ।

    मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङ भ्रमण गर्ने पर्यटकले आफ्नो सुरुवाती गन्तव्य बिन्दुदेखि फर्केर सोही स्थानसम्म पुग्दा १५ देखि ३० हजार रुपियाँसम्म खर्च गर्छन् । तर पनि सरदर १५ हजार रुपियाँ मात्रै अनुमान गर्दा पनि एक अर्ब ७० लाख कारोबार भएको देखिने उहाँको तर्क छ ।

    मार्फाका स्थानीय पर्यटन व्यवसायी विजय हिराचनले आन्तरिक पर्यटकले मुस्ताङ भ्रमण गर्दा सरदर २० हजार रुपियाँ खर्च गर्ने तर्क गर्नुभयो । उहाँका अनुसार पूर्वी नेपाल तथा पश्चिम नेपाल अनि गण्डकी प्रदेश सबैलाई सरदर हेर्ने हो भने १५ देखि २० हजार हाराहारी खर्च गर्ने हुनाले कात्तिकमा मुस्ताङ भ्रमणको तथ्याङ्क केलाउँदा करिब करिब दुई अर्ब रुपियाँ परिचालन भएको मान्न सकिन्छ । यो भ्रमणले देशको अर्थ चलायमान भएको हुनाले पनि यस्ता बिदामा आन्तरिक तथा बाह्य पर्यटकलाई घुम्ने माहोल सिर्जना गरिनुपर्ने उहाँले तर्क गर्नुभयो ।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यबहादुर बोगटीले दिनुभएको जानकारी अनुसार कात्तिकमा मात्रै आन्तरिक तथा बाह्य पर्यटक हवाई र स्थल मार्गबाट एक लाख १३ हजार तीन सयले मुस्ताङ प्रवेश गरेको देखिन्छ ।

    गएको कात्तिकमा हवाई तथा स्थल मार्गबाट गरी १४ हजार १२४ जना पर्यटक मुस्ताङ आएका छन् । विदेशी पर्यटक आठ हजार ९० जना पुरुष र छ हजार ३४ जना महिलाले मुस्ताङ भ्रमण गरेका छन् ।

    तीमध्ये ६५९ पुरुष र ५७९ महिलाले हवाई मार्ग प्रयोग गरेर मुस्ताङ आएका थिए । सात हजार ४३१ जना पुरुष र पाँच हजार ३५५ जना महिला गरी कुल १२ हजार ७८६ जना पर्यटकले स्थल मार्ग प्रयोग गरेर मुस्ताङ भित्रिएको प्रहरीले जनाएको छ । 

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend