Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेश : दोस्रो आवधिक योजना ल्याउन ढिलाइ


६, मंसिर २०८१
  • 141
    SHARES
  • लुम्बिनी प्रदेश : दोस्रो आवधिक योजना ल्याउन ढिलाइ

    देउखुरी । लुम्बिनी प्रदेश योजना आयोगका पदाधिकारीहरू पटकपटक परिवर्तन हुँदा दोस्रो आवधिक योजना लागु गर्न ढिलाइ भएको छ ।

    प्रथम आवधिक योजना २०७६/७७ मा लागु गरेको प्रदेश सरकारले दोस्रो आवधिक योजना २०८१/०८२ मा लागु गर्नुपर्ने थियो । आर्थिक वर्षको सुरुमै ल्याउनुपर्ने आवधिक योजना चार महिना बित्दासमेत तयार हुन सकेको छैन ।

    प्रदेश योजना आयोगमा पदाधिकारीहरू परिवर्तनसँगै आवधिक योजना निर्माण कार्य प्रभावित भएको हो । २०८१ साउनदेखि दोस्रो आवधिक योजना लागु हुनुपर्ने भए पनि सरकार परिर्वनसँगै प्रदेश योजना आयोगका पदाधिकारीहरू परिवर्तन हुनाले ढिलाइ भएको लुम्बिनी प्रदेश योजना आयोगका सूचना अधिकारी मेघराज पौडेलले बताए ।

    साउनदेखि कार्यान्वयन हुने गरी योजना आयोगले आधारपत्र तयार पारेको थियो । २०८० सालको चैतमा तत्कालीन मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजीनामा दिएसँगै सो आधारपत्र तयार पार्ने योजना आयोगका उपाध्यक्ष डा.नहुकुल केसी पदमुक्त भए ।

    त्यसपछि नियुक्त भएका उपाध्यक्ष सरोज खनालले डा.केसीको पालामा निर्माण भएको आधारपत्रमाथि छलफल गर्दै थिए । केही परिमार्जनसहित आधारपत्रलाई अन्तिम रूप दिइरहेको समयमा २०८१ को साउनमा खनाल पनि बाहिरिनु पर्‍यो ।

    साउन ७ गते नियुक्त भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ अन्तिम साता लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा डा.डिल्लीराज अर्याललाई नियुक्त गरे । अर्यालले आवधिक योजनाको लागि प्रदेशको तथ्याङ्क, विगतमा भएका काम आदिको विषयमा अध्ययन गरिरहेका छन् ।

    आयोगका सूचना अधिकारी मेघराज पौडेलका अनुसार पुराना तथ्याङ्क अद्यावधिक गर्न, सरोकारवालासँग अन्तरक्रिया गरी नयाँ आवधिक योजना तयार पारेर सरकारलाई दिन अझै कम्तीमा २ महिना लाग्छ ।

    योजना आयोगले तयार पारेको मस्यौदालाई निर्देशक समितिको बैठकमा लैजानुपर्ने हुन्छ । उक्त समितिमा योजना आयोगका उपाध्यक्ष, मन्त्रालयका सचिव, उद्योग वाणिज्य सङ्घ, गाउँ/नगर महासंघका प्रतिनिधिसहितको संयुक्त बैठकले पास गरेपछि प्रदेश विकास परिषद्ले पारित गर्नुपर्ने हुन्छ ।

    प्रदेश विकास परिषद्को अध्यक्षता मुख्यमन्त्रीले गर्ने छन् । त्यसपछि बल्ल मन्त्रिपरिषद्ले पारित गर्ने र प्रदेश आवधिक योजना लागु हुने व्यवस्था छ ।

    के भन्छन् सरकारका प्रवक्ता ?

    प्रदेश योजना आयोगबाट आएका योजना तथा लक्ष्यमा टेकेर सरकारले कामहरूलाई अगाडि बढाउने प्रचलन रहेको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा मन्त्री दिनेश पन्थीले बताए । अब योजना आयोगबाट सकभर छिटै दोस्रो आवधिक योजना ल्याउने आफूले थाहा पाएको उनको भनाइ छ ।

    मन्त्री पन्थीले हरेक सरकारका आ–आफ्ना लक्ष्य हुने भएकाले सरकार परिवर्तनसँगै योजना आयोगका पदाधिकारी परिवर्तन हुनु स्वाभाविक रहेको बताए । सरकारले महत्त्वपूर्ण पाटो योजना आयोग भएकाले त्यसलाई सदुपयोग गर्ने गरी अहिलेको सरकार अघि बढेको उनको जिकिर छ ।

    मन्त्री पन्थीले दोस्रो आवधिक योजना लुम्बिनी प्रदेशवासीको जीवनस्तरसँग जोडिएर आउने भएकाले सबैसँग छलफल र सहकार्य गरेर ल्याउनुपर्ने बताए ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend