Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कालीगण्डकी गाउँपालिकाको पुर्तिघाटमा निःशुल्क आँखा शिविर सम्पन्न


६, मंसिर २०८१
  • 514
    SHARES
  • कालीगण्डकी गाउँपालिकाको पुर्तिघाटमा निःशुल्क आँखा शिविर सम्पन्न

    गुल्मी । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाको पुर्तिघाटमा संचालन गरिएको तिन दिने निःशुल्क आँखा शिविरबाट एक हजार २ सय जनाले सेवा लिएका छन् ।

    सोमबारदेखि बुधवारसम्म जिल्लाको कालिगण्डकी गाउँपालिकाको पुर्तिघाटमा संचालन भएको निशुल्क आँखा शिविरबाट कालिगण्डकी तथा छिमेकी गाउँपालिका र छिमेकी जिल्ला पर्वतका नागरिकले समेत सेवा लिएको गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले बताउनुभयो ।

    मंसिर ३ र ४ गते दुई दिन संचालन गर्ने भनिएको आँखा शिविर सेवाग्राहीको भीड बढी भएपछी एक दिन थप गरि ३ दिन संचालन गरिएको समेत अध्यक्ष थापाले बताउनुभयो ।

    कालिगण्डकी गाउँपालिका र अल फर चेरेटी अस्ट्रेलिया मार्फत मोडल आइ केयर सेन्टर ललितपुरको आर्थिक सहयोग र बि.पि.नेत्र प्रतिष्ठानको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले बताउनुभयो ।

    उक्त शिविरमा १ हजार एक सय ८० जनाको आँखाको चेकजाँच(स्क्रिनिंग) सँगै प्राथामिक उपचार,१ सय ३९ जनाको शल्यक्रिया र ३ सय ४० जनालाई चश्मा वितरण गरिएको जानकारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्र थापाले दिनुभयो ।

    तिन दिनसम्म संचालन गरिएको शिविरमा प्राविधिक सहयोग पुराउने बि.पि.नेत्र प्रतिष्ठान र प्रतिष्ठानका प्रमुख डाक्टर अर्जुन श्रेष्ठ एवं सम्पूर्ण टिम,आर्थिक सहयोग गर्ने अल फर चेरेटी अस्ट्रेलिया मार्फत मोडल आइ केयर सेन्टर ललितपुरका अध्यक्ष डाक्टर खेम गुरुङ र संस्था परिवार,समाजसेवी गणेश श्रेष्ठ र शिविरमा प्रत्यक्ष,अप्रत्यक्ष सहयोग गर्ने पुर्तिघाट आमा समुहका सदस्यहरु,नेपाल रेडक्रस सोसाइटीका स्वयमसेवक तथा कर्मचारी,युवा क्लवका सदस्यहरु,महिला स्वास्थ्य स्वयंसेविका लगायत सम्पूर्णलाइ गाउँपालिकाको तर्फबाट अध्यक्ष वेदबहादुर थापा,उपाध्यक्ष मन्जुकुमारी दर्लामी र प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले धन्यवाद सहित मायाको चिनो प्रदान गर्नुभएको थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend