Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रेसुंगा नगरपालिकाद्वारा आलुको उत्पादन बढाउन किसानलाई बिउ वितरण


७, मंसिर २०८१
  • 355
    SHARES
  • रेसुंगा नगरपालिकाद्वारा आलुको उत्पादन बढाउन किसानलाई बिउ वितरण

    गुल्मी । आलु खेतीको ब्यवसायिक उत्पादनलाई प्रवर्धन गर्ने उदेश्यले आलु पकेट विकास कार्यक्रम अन्तर्गत रेसुङ्गा नगरपालिकाले कृषकलाई आलुको बिउ वितरण गरेको छ ।

    आलु बालीको उत्पादन र उत्पादकत्वमा वृद्धि गरी आलु कृषकको आयस्रोत वृद्धि गर्ने उदेश्यले रेसुंगा नगरपालिका वडा नम्बर ४,६,र ११ का कृषकहरुलाई नगरपालिकाद्धारा कृषकलाई जनकदेव जातको ११ मेट्रिक टन आलु वितरण गरिएको रेसुंगा नगरपालिका कृषि शाखाले जनाएको छ ।

    हस्तान्तरण कार्यक्रममा बोल्दै रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले नगरपालिकाभित्र आलु उत्पादनको प्रचुर सम्भावना रहेकोले किसानलाई व्यावसायिक रूपमा कृषि पेसामा लाग्न प्रोत्साहन गर्ने लक्ष्यका साथ यो कार्यक्रम शुरु गरिएको बताउनुभयो ।

    साथै नगरप्रमुख पन्थीले आलु लगाउने समयमा नै नगरपालिकाले किसानलाई बिउ उपलब्ध गराएकोले उत्पादन बढी लिन समयमै लगाउन आग्रह गर्दै उत्पादित आलुको बजारीकरण र प्राविधिक सहयोगको लागि पनि कृषकलाई नगरपालिकाले जुनसुकै समयमा पनि सहजीकरण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

    रेसुंगा नगरपालिकाले आलुसंगै माटोको परीक्षण गरि अन्य वडाहरुमा पनि माटो सुहाउदो खाधान्न, तरकारी र फलफुल खेती पकेट क्षेत्र विस्तार गर्ने तयारी गरिरहेको र यो आर्थिक विकास अभियानलाई सहयोग पुर्‍याउने उदेश्यले यसै आर्थिक वर्ष देखि अमेरिकी सहयोग नियोग (युएसआइडी) को आर्थिक सहयोगमा रिकोफ नेपाल र राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपालको संयुक्त पहलमा स्थानीय मागमा आधारित आर्थिक विकास कार्यक्रम संचालन हुन लागेको जानकारी दिनुभयो ।

    रेसुङ्गा नगरपालिकाले गत आर्थिक वर्षमा बीउ प्रयोजनका लागि आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत हिउँदे बालीका लागि ६५ क्विन्टल जनकदेव जातको आलु गुल्मी ल्याएको र कृषकको माग अनुसार जनकदेव आलु वितरण गरिएको नगर उपप्रमुख अमृतादेवी कुँवरले जानकारी दिनुभयो । नगरपालिकाले गत वर्षमा वितरण गरेको आलुको बिउबाट कृषकले यस वर्ष परिणम देखिने गरि काम गर्न उपप्रमुख कुँवरले आग्रह गर्नुभयो ।

    नगरपालिकाले नगरभित्रका वडामा आलु क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गरेको र आर्थिक वर्ष २०८१/२०८२ मा नगरपालिकाको वडा नम्बर ४, ६ र ११ मा आलु पकेट विकास कार्यक्रम अन्तर्गत किसानलाई नगरपालिकाको ५० प्रतिशत अनुदानमा आलुको बिउ वितरण गरेको कृषि शाखा प्रमुख श्रृजना मरासिनीले बताउनुभयो ।

    अन्य जातको आलुभन्दा पनौतीको जनकदेव आलु निकै स्वादिलो र उत्पादन पनि धेरै हुने भएकोले यही जातको आलुको बीउ गुल्मीमा ल्याएको कृषि शाखाले जनाएको छ । गुल्मी जिल्लामा उत्पादित आलुले बुटवल र काठमाडौँ सम्मको बजार पाएको छ ।

    गत वर्षदेखि जिल्लाको मालिका गाउँपालिकामा उत्पादन भएको रैथाने आलुले ब्राण्डिङ्ग र प्याकेजिङ्ग सहित बुटवल र काठमाडौं लगायतका बजार क्षेत्रमा राम्रो बजार पाएको बताइएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend