काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालको राजनीतिमा सवै समूदायको भूमिका आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा तमु(गुरुङ) संघ, नेपालको बागमती प्रदेश भेला उद्घाटन गर्दै सभापति देउवाले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएकाले राजनीतिमा सवै समूदायको भूमिका आवश्यक रहेको बताए ।
उनले सवै समुदायलाई राजनीतिका साथै हेरेक स्थानमा समावेश गर्न आवश्यक रहेको पनि बताउदै सभापति देउवाले कांग्रेस पनि सवै समूदायको पार्टी भएकाले सवैलाई साथमा लिएर हिड्नुपर्ने धारणा राखे । सभापति देउवाले कांग्रेसमा सवै समूदाय जनताको आवश्यकता रहेको औल्याए ।
सभापति देउवाले कांग्रेस नेताहरुले पार्टीलाई बलियो बनाउन र जनता माझ पुराउन भातृसंगठनको भूमिका महत्वपूर्ण रहेको बताए ।