Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेशमा लाग्याे बिषयगत समितिका सदस्यहरुको टुंगो


३०, असार २०८०
  • 247
    SHARES
  • लुम्बिनी प्रदेशमा लाग्याे बिषयगत समितिका सदस्यहरुको टुंगो

    देउखुरी । लुम्बिनी प्रदेशमा बिषयगत समितिका सदस्यहरुको टुंगो लागेको छ ।

    शनिवार (आज) बसेको प्रेदसशभाको बैठकमा सभामुख तुलाराम घर्ती मगरले बिषयगत समितिका सदस्यहरुको नामावली घोषणा गरेका हुन् । सभामुखले सभामा पेश गरेको नामावलीलाई संसदले सर्वम्मत अनुमोदन गरेको छ ।

    १२ सदस्यीय सार्वजनिक लेखा समिति, १२ सदस्यीय रहेको अर्थ, उद्योग पर्यटन समिति गठन गरिएको छ । यसैगरि भौतिक पूर्वाधार तथा विकास समितिमा १४ सांसदहरु छन । त्यस्तै १२ सांसद सदस्य रहेको प्रदेशमामिला तथा कानुन समिति, १२ सदस्यीय सामाजिक विकास समिति र १५ सदस्य रहेको कृषि, वन तथा वातावरण समिति गठन गरिएको छ ।

    प्रदेशसभामा बिषयगत समितिका सदस्यहरुको नामावली सर्वसम्मत पारित भएकाले अब सभापतीका लागि निर्वाचन मिति तोकिने छ । सभापती चयन नहुँदासम्म जेष्ठ सदस्यको अध्यक्षतामा समितिको बैठक बस्ने प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।

    कुन समितिमा काे ?

    अर्थ, उद्योग पर्यटन समिति सदस्यहरूमा तुलसीप्रसाद चौधरी, भगवतीकुमारी थरुनी, खेमबहादुर सारु, वसन्ती न्यौपाने, सायरा बनो, जन्मजय तिमिल्सिना, देवकरणप्रसाद कलवार, प्रचण्डविक्रम न्यौपाने, अनुराग खड्का, दिलकुमारी बुढा, कृष्णा केसी र हेमा बेल्बासे केसी छन्।

    भौतिक पूर्वाधार तथा विकास समितिको सदस्यहरूमा चेतनारायण आचार्य, डिल्लीराज भुसाल, मधुसुधनशरण चौधरी कुर्मी, इन्द्रकुमारी गहतराज, वीरबहादुर राना, बादशाह कुर्मी, माया पुन, सरोज थापा, कृष्णा कुश्मा थारू, सुरुल पुन, निर्मलादेवी चौधरी, आदेशकुमार अग्रवाल, गीता गुरुङ र खड्ग बस्नेत छन्।

    त्यसैगरी प्रदेशमामिला तथा कानुन समिति सदस्यहरूमा भोजप्रसाद श्रेष्ठ, दिनेश पन्थी, रत्नबहादुर खत्री, चिन्तामणि पाण्डे, यमुना रोका तामाङ, निमा गिरी, भुवनेश्वर चौधरी, जमुना ढकाल, सुधाकर पाण्डेय, इन्द्रजित चौधरी, राजकुमार चौधरी र आशिषकुमार चौधरी छन्।

    सामाजिक विकास समिति सदस्यहरूमा भूमिश्वर ढकाल, नवराज लामिछाने, रेखाकुमारी शर्मा, सरिता पुन, बसिउद्धिन खाँ, धनशादुर केसी, सुशीला बादी, मीनाकुमारी बोहोरा, लोकीकुमारी विक, यमबहादुर नेपाली सार्की, जानकीप्रसाद यादव र तारा थापा छन्।

    कृषि, वन तथा वातावरण समिति सदस्यहरूमा अर्जुनकुमार केसी, दुर्गाप्रसाद चौधरी, तुल्सीराम शर्मा, राजुप्रसाद श्रेष्ठ, शान्ति लोध, मालती सोडारी, विश्वप्रेम पाठक, देवीप्रसाद चौधरी, जोखबहादुर महरा, मीना बुढामगर, मीनाकुमारी श्रेष्ठ, अम्बिका काफ्ले, सुमन शर्मा रायमाझी र भगवती अधिकारी छन्।

     

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend