Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जिल्ला प्रशासन कार्यालयद्वारा मादक पदार्थ बिक्री वितरणमा रोक


१४, मंसिर २०८१
  • 289
    SHARES
  • जिल्ला प्रशासन कार्यालयद्वारा मादक पदार्थ बिक्री वितरणमा रोक

    गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले मुसिकोट नगरपालिका वडा नम्बर-१ मा आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई ध्यानमा राखी मादक पदार्थ वितरण तथा सेवन गर्न रोक लगाएको छ ।

    प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा प्रकाशित सूचना अनुसार यहि मङ्सिर १६ गते यस जिल्लाको मुसिकोट नगरपालिका –१ मा हुने उपनिर्वाचनलाई लक्षित गरी मंसिर १३ गतेदेखि निर्वाचनको अन्तिम मत परिणाम घोषणा नभएसम्म उक्त क्षेत्रमा मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो ।

    उपनिर्वाचनलाई स्वच्छ,भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न बिहीबार देखि निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नभएसम्म उक्त वडा र आसपासको क्षेत्रमा मदिरा बिक्री–वितरण,ओसारपसार तथा सेवन गर्नमा पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

    निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ६ (थ) बमोजिम उपनिर्वाचन हुने यस वडाभित्र मादक पदार्थ बिक्री–वितरण, ओसारपसार तथा सेवन गर्न नपाइने भएको हो ।

    यस अवधिमा मादक पदार्थ ओसारपसार, बिक्री–वितरण तथा सेवन गरेको पाइएमा प्रचलित नेपाल कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो ।

    मुसिकोट नगरपालिका-१ मा वडाअध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । वडाअध्यक्ष पदका लागि पाँच राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार गरि ८ जना चुनावी मैदानमा उत्रेका छन ।

    उक्त वडामा हुन लागेको वडा अध्यक्ष पदमा नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा, माओवादी केन्द्रबाट दुर्गाबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इश्वरी खाती क्षेत्री उम्मेदवार रहेका छन ।130b2eda-f446-408d-bd18-baa85dcca370.jpg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend