Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सेनाको संख्या घटाउन दलहरुको आवाज


३१, असार २०८०
  • 173
    SHARES
  • सेनाको संख्या घटाउन दलहरुको आवाज

    काठमाण्डौँ । संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले नेपाली सेनाको संख्या घटाउनु पर्ने आवाज उठाएका छन् । उनीहरुले संसदमा लगातार यो विषयलाई महत्व र प्राथमिकता दिएर उठाएका हुन् । यसमा एमालेकी सांसद विमला पौड्यालले पनि साथ दिएकी छिन् । मुलुकको प्रदेश संरचना भारी भएको भन्दै विभिन्न सन्दर्भमा उठाइएको र रास्वपा तथा राप्रपा प्रदेश संरचनाप्रति असन्तुष्ट रहेका बेला रास्वपा प्रदेश संरचनाको विषय छाडेर नेपाली सेनाको संख्या कटौतीमा लागेको छ । 

    दुई साताअघि रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले पनि श्रीलंकामा एक तिहाईले सेनाको संख्या घटाएको उदाहरण दिँदै नेपालमा ९० हजार सेना आवश्यक नरहेको तर्क गरेका थिए । माओवादी द्वन्द्व हुनुअघि नेपाली सेनाको संख्या ४५ हजार रहेको र माओवादीसँग लड्ने नाममा बढाएर ९० हजार पुर्याइयो । तर द्वन्द्व सकिए पनि सेनाको संख्या घटाउने प्रयास चाहिँ नगरिएको सांसद वाग्लेको भनाइ छ । 
     
    सेनाको संख्या घटाएर खर्च कटौती गर्न सकिन्छ भन्ने सांसद विमला पौड्याल र स्वर्णिम वाग्ले दुवैको तर्क छ । तर उनीहरुले सेनामा कति खर्च हुन्छ, अन्य प्रशासनिक खर्च कति हुन्छ भनेर हिसाब प्रस्तुत गर्न सकिरहेका छैनन् । यस्तो बेलामा नेपाली सेना के कति कारणले बढी भयो भन्ने बलियो आधार र तर्क पेश नगर्दै हचुवाको भर सेना कटौतीको आवाज उठाउन थालिएको छ । २०६८ सालमा तत्कालीन माओवादी लडाकुहरुलाई समेत समायोजन गरिएपछि राष्ट्रिय सेनाको संख्या हाल करिब ९५ हजार रहेको छ । सांसद पौड्यालले नेपाली सेना देशभित्र लडाइँ नभएको र छिमेकीसँग युद्ध भएमा टिक्न नसक्ने भन्दै अहिले रहेको यतिधेरै सेना चाहिँदैन भन्ने जस्ता सेनाको मनोबल गिराउने जस्तो अभिव्यक्ति दिएकी थिइन् । 

    ‘हाम्रो देशको स्वार्थ रक्षा गर्न नसक्ने रक्षा मन्त्रालयलाई यति धेरै सेना चाहिन्छ कि चाहिँदैन, पुनरावलोकन गरौं । हाम्रो देशभित्र लडाइँ छैन, अनि छिमेकीसँग युद्ध हुने सम्भावना देखिँदैन । भइहाले पनि हामी टिक्न सक्ने अवस्था देखिँदैन,’ उनले भनिन्, ‘सीमा सुरक्षा गर्नका लागि राम्रोसँग कम्युनिकेट गर्न सक्दैन, सुरक्षा गर्ने त परै जाओस् । यस्तो मन्त्रालयलाई पाल्ने कि नपाल्ने ८०–९० हजार सेना हामीलाई चाहिन्छ कि चाहिँदैन ?

    रक्षा लगायतका मन्त्रालयको खर्च कटौतीका लागि प्रस्ताव राख्ने क्रममा सांसद तथा पूर्व परराष्ट्रमन्त्री पौड्यालले सेनाले सीमा सुरक्षा पनि गर्न नसकेको बताइन् । तर नेपाली सेनाले विपद व्यवस्थापन, जोखिम नियन्त्रण, वन्यजन्तुको सुरक्षा र विकास निर्माण तथा विश्वको सैन्य संरचनाबारे ध्यानै नदिई सो कुरा बोलेको भन्दै सैन्य अधिकारीहरुले आलोचना गरेका छन् । 

    पूर्व सैनिकहरुले पनि रास्वपा र एमाले सांसदले उठाएको विषयमा आलोचना गरेका छन् । उता सांसद वाग्लेको उदाहरण र तर्कमा पनि त्यतिधेरै मेल खाँदैन । सन् २०१९ को तथ्यांकअनुसार श्रीलंकासँग ३ लाख १७ हजार सेना थिए । एक तिहाई अर्थात् ३३ प्रतिशत सेनाको संख्या घटाउँदा पनि श्रीलंकासँग २ लाखभन्दा बढी सेना बाँकी नै रहन्छन् । २ करोड १६ लाख जनसंख्या भएको श्रीलंकाको सेनासँग ३ करोड जनसख्ंया भएको नेपालसँग भएका ९० हजार सेनाको तुलना गर्नु नै अर्थहीन देखिएको छ । 

    यद्यपि उनले संसदमा श्रीलंकाको गलत तथ्यांक प्रस्तुत गरेर दिग्भ्रमित पार्ने कोसिस गरेको भन्दै नेपाली सेनाको मूख्यालले रक्षा मन्त्रालयमा असन्तुष्टि व्यक्त गरेको थियो । मन्त्रालयमा सेनाले असन्तुष्टि व्यक्त गरेपछि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या नघट्ने भनेर राष्ट्रिय सभाको बैठकमा स्पष्टीकरण दिएका थिए । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend