Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भ्रष्टाचारमुक्त समाज निर्माणमा सुशासन अपरिहार्यः शिवाकोटी


३१, असार २०८०
  • 161
    SHARES
  • भ्रष्टाचारमुक्त समाज निर्माणमा सुशासन अपरिहार्यः शिवाकोटी

    काठमाण्डौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पूर्व कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख र आयुक्तमा लैजान रोक्नुपर्ने बताएका छन् । यो विवादित भएको भन्दै नेता शिवाकोटीले पूर्व कर्मचारीलाई अख्तियारमा लैजान रोक्ने हो भने राजनीतिक संरक्षणमा हुने साँठगाँठको अन्त्य हुने भन्दै त्यसको भण्डाफोर गर्न आह्वान गरेका हुन् । 

    सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान स्टाटस लेख्दै उनले पूर्व घुस्याहा कर्मीचारीहरु अख्तियारमा पुग्दा आफ्ना पुराना फाइल दबाउन र सेटिङमा सम्पत्ति कुम्ल्याउन लागिपरेको भन्दै अगाडि भन्छन्, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्तमा पूर्व कर्मचारी ल्याउने कुरामा पूरै स्वार्थ बाझिँदै आएको देखिँदै गएको छ । राजनीतिक शक्ति केन्द्रहरूलाई प्रभावमा पारेर अख्तियारमा पुगेकाहरु त्यहाँ पुगेपछि आफू कर्मचारी हुँदाको हिसाबकिताब मिलाउन, फाइल दबाउन र सेटिङमा सम्पति कुम्ल्याउन मात्र लागेको एकपछि अर्को घटनाक्रमले देखाएको छ।

    उनले यसलाई थप पुष्टि हुने गरी दृष्टान्त केलाउँदै उनले अगाडि लेखेका छन्, ‘आफूलाई बोक्ने राजनीतिक शक्ति केन्द्रको इसारामा प्रयोग हुने, अकुत सम्पत्ति कुम्ल्याउने, आफ्नालाई चोख्याउने गरेको समेत उनीहरुको विवादास्पद गतिविधिले देखाएको छ। नत्र अख्तियारकै पूर्व प्रमुख आयुक्त तथा आयुक्तहरु पनि जेल जाने अवस्था किन आउथ्यो ?’ 

    नेता शिवाकोटीले ‘विभिन्न प्रभावमा परेर प्रभावशालीहरुलाई उन्मुक्ति दिन नलागेकै हुन्थ्यो भने अख्तियारले उन्मुत्तिः दिएका पूर्व तथा बहालवाला कर्मचारी यतिखेर सीआईबीको खोरमा समेत जाकिँदैनथे’ भनेका छन् । 

    उनले अन्त्यमा ‘स्वार्थ बाझिने जान्दाजान्दै अख्तियारमा पु¥याएर पूर्व कर्मचारीलाई अख्तियारकै दुरुपयोग गर्ने लाइसेन्स दिन बन्द गरौँ’ भन्दै ‘आफूलाई र आफ्नालाई बचाउने नाममा राजनीतिक संरक्षणमा हुने यस्ता साँठगाँठको भण्डाफोर गरौंँ’ गर्न भनेका छन् । साथै उनले भ्रष्टाचारमुक्त समाज र सुशासनका लागि सहकार्य गर्न पनि आह्वान गरेका छन् । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend