Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नोभेम्बरमा मात्र एक लाख १४ हजार बढी पर्यटक नेपाल भित्रिए


१६, मंसिर २०८१
  • 180
    SHARES
  • नोभेम्बरमा मात्र एक लाख १४ हजार बढी पर्यटक नेपाल भित्रिए

    काठमाडौँ । नोभेम्बर महिनामा मात्र एक लाख १४ हजार जनाभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।

    नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा एक लाख १४ हजार पाँच सय एक जना पर्यटक नेपाल भित्रिएका छन् । यो अघिल्लो वर्षको भन्दा पाँच दशमलव चार प्रतिशत अर्थात् झन्डै ६ हजार जनाले बढी हो ।

    नोभेम्बरमा सबैभन्दा धेरै भारतबाट १९ हजार नौ सय सय १५ जना पर्यटक आएका छन् । गएको वर्षको नोभेम्बरमा भन्दा यो वर्ष भारतबाट आउने पर्यटकको सङ्ख्या साढे १८ प्रतिशतले कमी हो । नेपालमा बारम्बार भइरहेका गाडी दुर्घटनाको असर भारतबाट आउने पर्यटकको सङ्ख्याले देखाएको बोर्डले जनाएको छ ।

    समग्रमा दक्षिण एशियाबाट एकै महिनामा ३१ हजार एक सय ६७ जना पर्यटक आएका छन् । यस्तै चीनबाट नौ हजार चार सय ५८ सहित एशियाका देशबाट २४ हजार आठ सय ९७ जना पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।

    यस्तै युरोपमध्ये सबैभन्दा धेरै बेलायतबाट ६ हजार ६ सय ११, जर्मनीबाट तीन हजार नौ सय २६ र फ्रान्सबाट तीन हजार आठ सय ४१ जना पर्यटक आएका छन् । युरोपबाट समग्रमा २६ हजार एक सय ५५ जना पर्यटक नोभेम्बर महिनामा नेपाल आएका छन् । पोहोरको नोभेम्बरको तुलनामा यो वर्षको नोभेम्बरमा युरोपबाट नेपाल आउने पर्यटक १५ दशमलव प्रतिशतले बढेका छन् ।

    न्युजिल्यान्ड र अस्ट्रेलियाबाट पाँच हजार तीन सय जना आएका छन् । यस्तै अमेरिकाबाट झन्डै ११ हजार र क्यानडाबाट एक हजार नौ सय ८४ जना पर्यटक आएका छन् । मध्यपूर्वका देशबाट १४ सय र अरू देशबाट १२ हजार पाँच सय जना पर्यटक नेपाल आएका पर्यटन बोर्डले जनाएको छ ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend