Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रोटरी क्लब अफ रेसुङ्गा गुल्मीलाई रोटरी डिस्ट्रिक अवार्ड प्राप्त


१६, मंसिर २०८१
  • 351
    SHARES
  • रोटरी क्लब अफ रेसुङ्गा गुल्मीलाई रोटरी डिस्ट्रिक अवार्ड प्राप्त

    गुल्मी । गुल्मी जिल्लामा सामाजिक क्षेत्रमा उत्कृस्ट कार्य गरेबापत रोटरी इन्टरनेसनल डिष्ट्रिट ३२९२ को तर्फबाट रोटरी क्लब अफ रेसुङ्गा गुल्मी रोटरी डिस्ट्रिक अवार्डबाट सम्मानित भएको छ ।

    गुल्मी धार्मिक एवं एतिहासिक रेसुंगा क्षेत्रमा आयोजना गरिएको रोटरी क्लव अफ रेसुङ्गा गुल्मीको ३६ औ नियमित बैठक तथा वार्षिक साधारणसभामा कार्यक्रमका प्रमुख अतिथि तथा रोटरी इन्टरनेसल डिष्ट्रिक्ट ३२९२ का निवर्तमान गभर्नर रो.राजेन्द्रप्रसाद ध्वजूले रोटरी क्लब अफ रेसुङ्गा गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठलाई टप टेन अवार्ड र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

    रोटरी क्लब अफ रेसुङ्गा गुल्मी नेपालमा गठन भएको रोटरी इन्टरनेसल डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रहेका १ सय ६२ क्लब मध्य सदस्यता विस्तार ,सामाजिक सेवाका क्रियाकलाप संचालन र पोलियो उन्मुलन लगायतका क्षेत्रमा कार्य गरेवापत उक्त अवार्ड प्राप्त गरेको जानकारी क्लवका अध्यक्ष हरिकुमार श्रेष्ठले बताउनुभयो ।

    साधारणसभा उदघाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा रोटरी इन्टरनेसल डिष्ट्रिक्ट ३२९२ का निवर्तमान गभर्नर रो.राजेन्द्रप्रसाद ध्वजूले नेपालमा गठन भएको रोटरी इन्टरनेसल डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रहेका १सय ६२ क्लव मध्य सदस्यता विस्तार, रोटरी साइटेशन,सामाजिक कार्य र पोलियो उन्मुलन अभियानमा यस क्लबले गरेको सहयोगको आधारमा क्लवको मुल्यांकन गरिने र छोटो समयमा रोटरी क्लब अफ रेसुङ्गा गुल्मीले देखाएको सक्रियताका कारण १० नम्बर भित्र परि पुरस्कृत भएकोमा बधाई दिदै आगामी दिनमा पनि यसैगरी क्रियाशील हुन समिति र सदस्यहरुलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा बोल्दै विशेष अतिथि तथा सामाजिक ब्यक्तित्व भुवनप्रसाद श्रेष्ठले जिल्लामा क्लवले सामाजिक क्षेत्रमा खेलेको भूमिका सह्रानीय रहेको र उचित मूल्यांकनबाट पुरस्कृत भएकोमा बधाई दिदै यो अवसरलाई चुनौती र अवसर दुवै माध्यमबाट अध्ययन गरि आगामी दिनमा पनि आफ्नो क्रियाशीलता निरन्तर राख्नुपर्ने कुरामा जोड दिनुभयो ।

    रोटरी क्लब अफ रेसुङ्गा गुल्मीले गुल्मी जिल्लाका इस्मा, मदाने, गुल्मी दरबार, रुरुक्षेत्र लगायतका क्षेत्रमा भएको आगलागी, बाढी पहिरो, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा राहत सहयोग तथा समुदाय सचेतना कार्यक्रम संचालन गर्दै आएको छ ।

    रोटरी क्लब अफ रेसुङ्गा गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लब एजी सञ्जिव शर्मा रेग्मी, भोज खत्री, रोटरी क्लब बुर्तिवाङ्ग‌का अध्यक्ष धनश्याम शर्मा, उद्योग वाणिज्य संघ गुल्मीका उपाध्यक्षः तारा मुसाल, गुल्मी च्याम्बर अफ कमर्सका महासचिव यज्ञप्रसाद पन्थी, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल र क्लबका उपाध्यक्ष गुणानिधि शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend