Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

छत्रकोट गाउँपालिकामा दोस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न


२०, मंसिर २०८१
  • 269
    SHARES
  • छत्रकोट गाउँपालिकामा दोस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न

    गुल्मी । छत्रकोट गाउँपालिका गुल्मीको आयोजनामा दोस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

    छत्रकोट गाउँपालिका वडा नम्बर ६ खर्ज्यांग खेलमैदानमा सञ्चालित प्रतियोगितामा वडास्तरीय महिला र पुरुष भलिबल प्रतियोगिता प्रतिस्पर्धा सम्पन्न भएको थियो । प्रतियोगितामा पुरुष र महिलाका १२ समूहको सहभागीता रहेको थियो ।   

    तिन दिनसम्म संचालन भएको प्रतियोगितामा ब्याडमिन्टनतर्फ पालिकाभित्रका ६ वटा वडाका खुल्लातर्फ २८ समूह बीच प्रतिस्पर्धा भएको थियो । भेन्ट्रान्स तर्फ ८ समूह बीच प्रतिस्पर्धा भएको थियो ।

    यसैगरी क्रिकेट प्रतियोगितामा ६ समूहको बीच प्रतिस्पर्धा भएको थियो । जसमा भलिबलतर्फ पुरुषतर्फ वडा नम्बर ४ को समुह दिगाम प्रथम, वडा नं ३ हर्दिनेटा द्वितीय र वडा नम्बर २ पल्लिकोट तृतीय भएका छन । 

    महिला भलिबल तर्फ वडा नम्बर ४ दिगाम प्रथम, वडा नम्बर ६ दौघा द्वितीय र वडा नम्बर २ पल्लिकोट तृतीय भएका छन ।

    ब्याडमिन्टन खुल्लातर्फ वडा नम्बर ६ दौघा ,प्रथम वडा नं ३ हर्दिनटा द्वितीय र वडा नम्बर ३ हर्दिनेटाको अर्को समूह र वडा नम्बर ५ खज्र्याङ्ग तृतीय भएका छन् । व्याडम्यान्टीन भेन्ट्रान्स तर्फ वडा नम्बर ३ हर्दिनेटा प्रथम, वडा नम्बर ५ खज्र्याङ्ग द्वितीय र वडा नम्बर २ पल्लीकोट र वडा नम्बर ३ हर्दिनेटा तृतीय भएका छन ।                  

    क्रिकेट तर्फ वडा नम्बर १ हुगा प्रथम, वडा नम्बर ४ दिगाम द्वितीय र वडा नम्बर ६ दौघा तृतीय भएका छन । छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न समापन समारोहमा गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली, सम्पुर्ण वडाका वडा अध्यक्षहरु लगायत जनप्रतिनिधिहरु, पुर्व वडा अध्यक्षहरु, खेलकुद प्रवद्र्धन समितिका अध्यक्ष लगायत पदाधिकारीहरु, राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न संघसस्थाका र विद्यालयका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियोे । 

    सो अवसरमा विजयी खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।

    खेलका रेफ्रीहरुलाई पनि सो अवसरमा सम्मान गरिएको थियो । कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले विजयी खेलाडीहरुलाई बधाई दिदै खेलकुदको माध्यमबाट छत्रकोटको चिनारी गराउनुपर्ने बताउनुभयो ।कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले गर्नुभएको थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend