Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनीमा विश्व शान्तिको कामना गर्दै ३३ औं शाक्यमोन्लम पूजा शुरु


२४, मंसिर २०८१
  • 129
    SHARES
  • लुम्बिनीमा विश्व शान्तिको कामना गर्दै ३३ औं शाक्यमोन्लम पूजा शुरु

    लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा आईतबारदेखि ३३ औं शाक्यमोन्लम पूजा शुरु भएको छ ।

    लुम्बिनी विकास कोषको पहलमा ८ बर्षपछि मानव कल्याण र विश्व शान्तिको कामना सहित लुम्बिनीमा शाक्यमोन्लम पूजा शुरु गरिएको हो । २५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा ८ वर्षसम्म रोकिएको थियो ।

    ४१ औं शाक्या गोङ्मा ठ्रिछेन रिन्पोछेको उपस्थितीमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे) ले १० दिने मोन्लम पूजाको शुभारम्भ गरेका हुन् । उक्त अवसरमा बोल्दै उपाध्यक्ष डा.लामाले भारतका ४१ औं शाक्य ठ्रिछेनको उपस्थितीमा विश्वकै ठूलो शाक्य मोन्लम पूजा गर्न पाएकोमा निकै खुशी लागेको बताए ।

    उनले आफू कोषको उपाध्यक्ष भएर आएपछि लुम्बिनीलाई आध्यात्मिक वातावरण बनाउन विभिन्न पूजाहरु गर्ने गरिएको बताउँदै शाक्य मोन्लम पूजाको निरन्तरताले ठूलो उर्जा थपेको बताए । उपाध्यक्ष डा.लामाले लुम्बिनी विकास कोष सहित लुम्बिनी साँस्कृतिक नगरपालिका, होटल व्यवसायी, स्थानीय तथा सम्पूर्ण बौद्ध सम्प्रदायले प्रत्येक वर्ष यो पूजाको निरन्तरता चाहेको सन्देश दिएको समेत बताए । उनले लुम्बिनीबाट शुरु भएको शाक्यमोन्लम पूजा निरन्तरताका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

    ‘विश्वकै ठूलो गुरुको उपस्थितीमा लुम्बिनीमा शाक्यमोन्लम पूजा हुनु ठूलो कुरा हो’ उपाध्यक्ष डा.लामाले भने –‘यसको निरन्तरताका लागि मैलै विशेष पहल गरेको छु, अब यसलाई निरन्तरता दिनुपर्छ ।’ आठ वर्षसम्म भारतमा गरिएको पूजा उपाध्यक्ष डा.लामाको विशेष पहलमा मोन्लम पूजाले निरन्तरता पाएको हो । पूजामा विभिन्न मुलुकका लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीहरुको बाक्लो उपस्थिति रहेको छ ।

    बिहानैदेखि लुम्बिनीमा गरिने प्रणिधान र बुद्ध पाठले लुम्बिनी गुञ्जायमान बनेको छ । हिमाली बौद्ध परम्परा अनुसार लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा बिहानैदेखि त्रिरत्न बन्दनाको पाठ र समन्त भद्र प्रणिधान स्तोत्र गर्ने गरिएको छ । पूजामा लामा, भिक्षु, भिक्षुणी, उपासक एवं उपासिकाहरूको उपस्थिती छ ।

    मोन्लम पूजा शुभारम्भ कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण), लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, लुम्बिनी विकास कोषका सदस्य सचवि सानुराजा शाक्य, कार्यकारिणी सदस्य श्याम रोक्का लगायतको उपस्थिती रहेको थियो ।

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend