Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भ्रष्टाचारमुक्त लुम्बिनी प्रदेश बनाउन सबै इमानदार बनौं : मुख्यमन्त्री आचार्य


२४, मंसिर २०८१
  • 146
    SHARES
  • भ्रष्टाचारमुक्त लुम्बिनी प्रदेश बनाउन सबै इमानदार बनौं : मुख्यमन्त्री आचार्य

    देउखुरी । लुम्बिनी प्रदेशमा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राप्ती उपत्यका देउखुरीमा सोमबार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस औपचारिक कार्यक्रम गरेर मनाएको हो ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासनयुक्त र भ्रष्टाचारमुक्त लुम्बिनी प्रदेश बनाउने अभियानमा सरकार लागिपरेको बताउनु भएको छ ।

    समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेशको दीर्घकालीन सोच र सुशासनयुक्त तथा भ्रष्टाचारमुक्त प्रदेश निर्माणको संकल्पलाई पूरा गर्न दृढता व्यक्त गर्नु भएको हो । सुशासन कायम हुँदा भ्रष्टाचारको मात्रा आफै घटेर जाने बताउनुभयो । ‘राजनीतिककर्मीहरु, जो नीति निर्माण गर्ने थलोमा छौं । त्यो नीति निर्माण गर्ने थलोमा भएका र कार्यान्वयन गर्ने तहमा रहेका हामी सबैले मन वचन र कर्मले मैले भ्रष्टाचार गर्दैन र गर्न दिदैन भन्ने संकल्प लिने हो भने भ्रष्टाचार अन्त्य गर्न सकिन्छ । त्यो सम्भव छ’उहाँले भन्नुभयो,‘प्राप्त जिम्मेवारीहरु पुरा गर्न सकियो की सकिएन भनेर सबैले सिंहावलोकन गर्न जरुरी छ ।’ सबै इमानदार बन्दा भ्रष्टाचार अन्त्य गर्न सकिने उहाँको भनाई छ ।

    प्रदेशको समग्र शासकीय गतिविधिमा सुधार, अनियमितता नियन्त्रण, विधि एवं पद्धति निर्माण, निर्णय निर्माण, निर्देशन प्रवाहका साथै कामकारवाहीलाई सुशासन अभिवृद्धि गर्ने दिशामा योजनावद्ध रुपले कार्यान्वयन गर्दै लगिएको मुख्यमन्त्री आचार्यको धारणा छ । सरकारको काम कारवाही एवं कार्यशैलीप्रति जनतामा विश्वास र भरोसा हुने स्थिति निर्माण गर्नु राज्यको आधारभूत दायित्व भित्र पर्ने भनाई उहाँको छ ।

    भ्रष्टाचारका उजुरी घटाउनेगरी सरकारले प्रभावकारी योजना बनाउने बताउनुभयो । ‘पदबहाली गरेकै दिन कसम खाएको छु, यो सरकारले भ्रष्टाचार गर्दैन र भ्रष्टाचार गर्न दिदैन’उहाँले भन्नुभयो,‘पाँच बर्षे रणनीतिक योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्ने अभियानमा लाग्नेछौं । यसमा सबैको साथ सहयोग रहनेछ ।’

    प्रमुख सचिव महादेव पन्थको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख राजेन्द्रकुमार पौडेलले आयोगको कामकारबाही, वर्तमान अवस्था, चुनौती र सदाचारिता प्रवद्र्धनका लागि भएका प्रयासहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

    सो अवसरमा प्रदेश मामिला तथा कानुन समितिका सभापती दिलकुमारी बुढा, नागरिक समाज दाङका संयोजक निमबहादुर थापा लगायतले सुशासन कायम गर्न भ्रष्टाचार विरुद्धको अभियानलाई तिव्रता दिन जरुरी रहेको धारणा राख्नुभयो ।

    प्रदेश सचिव अणप्रसाद न्यौपानको स्वागत तथा कार्यक्रमको विषयवस्तु माथि प्रकाश पार्दै प्रदेश सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी नीतिगत, कानूनी, संस्थागत सुधारको प्रयास बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको सहजीकरण उपसचिव मोहन अर्यालले गर्नु भएको थियो । 

    लुम्बिनीमा बन्यो भ्रष्टाचार विरुद्धको रणनीतिक योजना

    लुम्बिनी प्रदेश सरकारले सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरण सम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना, २०८१ तयार पारेको छ । आर्थिक वर्ष २०८१/०८२ देखी २०८५/०८६ सम्म लागु हुनेगरी रणनीतिक योजना तयार पारिएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौंतिसौं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/०८२ मा आयोगमा दर्ता भएको कूल उजुरी ३६ हजार एक सय ८६ मध्ये लुम्बिनी प्रदेशमा स्थानीय तह र प्रदेश गरी चार हजार ८ सय ९४ भ्रष्टाचारको उजुरी परेको थियो । प्रदेश सरकारले सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणका लागि नीतिगत, कानुनी र संस्थागत व्यवस्था एवं कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

    सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही एवं पारदर्शी बनाउन प्रदेश सुशासन ऐन, २०७६ कार्यान्वयनमा रहेको प्रदेश सरकारले जनाएको छ । पारदर्शीता, सुशासन र उत्तरदायित्वको भावनालाई मूर्तरुप दिन खर्च प्रणालीमा मितव्ययीता र पारदर्शीता कायम गरी सुशासन प्रवर्द्धनका लागि प्रदेश सुशासन केन्द्र मार्फत विभिन्न क्षमता विकास कार्यक्रमहरु सञ्चालन हुदै आएको छ ।

    सार्वजनिक सेवालाई सहज र पहुँचयोग्य बनाउन प्रदेश मन्त्रालय, प्रदेशस्थित कार्यालय र प्रदेशभित्रका स्थानीय तहबाट सञ्चालन हुने सेवा प्रवाह, कार्यक्रम तथा क्रियाकलाप कानुनी शासनको अवधारणामा आधारित रही कानुन, कार्यविधि, मापदण्ड निर्माण गरेर कार्यान्वयनमा ल्याईएको छ ।

    भ्रष्टाचारको जोखिम क्षेत्रको रुपमा यातायात सेवा अन्तरगत सवारी चालक अनुमति, सवारी दर्ता, नवीकरण, सार्वजनिक खरिद, निर्माण, सुधार, मर्मत, परामर्श सेवा, आयोजनाको अध्ययन, अनुसन्धान, डिपिआर तयारीको काम, यातायात र मालपोत क्षेत्रबाट राजश्व चुहावट लगायत पहिचान गरिएको छ ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend