Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रास्वपा र राप्रपाको अवरोधले प्रतिनिधि सभा बैठक स्थगित


३१, असार २०८०
  • 110
    SHARES
  • रास्वपा र राप्रपाको अवरोधले प्रतिनिधि सभा बैठक स्थगित

    काठमाण्डौँ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो । विधेयक पेश गर्ने प्रक्रिया नमिलेको भन्दै रास्वपाले नियमापत्ति गरेपछि प्रतिनिधि सभाको बैठकमा अवरोध भएको हो । कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेका थिए ।

    त्यसबीचमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई आफ्नो धारणा राख्न सभामुख देवराज घिमिरले समय दिए पनि रास्वपा र राप्रपाका सांसदहरू उठेर आपत्ति जनाएपछि अवरोध भएको हो । त्यसपछि लेखक केही नबोली बसेका थिए । सभामुखले ध्यानाकर्षणका लागि निर्णयार्थ पेश गर्ने विधि नै पढेर सुनाएका भए पनि रास्वपा र राप्रपाका सांसदहरुको बल मिच्याइँले गर्दा बैठक स्थगित गर्नुपरेको हो । 

    उनले पेश गर्ने प्रक्रियाबारे नियमावलीको व्यवस्था सुनाउँदै सभामुखको घोषणा नै अन्तिम हुने जानकारी गराए पनि सांसदहरुले वेल घेराउ गर्न आएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो । सभामुखले पेश गर्दा खेरी कुनै आपत्ति नभएको भन्दै अर्को विषयमा प्रवेश गरिसकेकाले अब फेरि पछाडि फर्किन नमिल्ने बताए । तर वेल नै घेराउ भएपछि बैठक स्थगित भएको हो । आज मिटरब्याज विधेयक आजै पेश गर्ने सहमति भए पनि राप्रपा र रास्वपाको अवरोधले अनिश्चिततातर्फ धकेलिएको छ । 

     

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend