Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मौलिक संस्कृतिलाई आयआर्जन संग जोड्ने योजना सरकारले बनाएको छः मुख्यमन्त्री आचार्य


२, माघ २०८१
  • 146
    SHARES
  • मौलिक संस्कृतिलाई आयआर्जन संग जोड्ने योजना सरकारले बनाएको छः मुख्यमन्त्री आचार्य

    दाङ । लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा माघ मिलन कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले माघ मिलन कार्यक्रमको आयोजना गरेको हो । 

    थारु, मगर, नेवार लगायतका समुदायको सांस्कृतिक पहिचान झल्कने झाँकी सहित प्रदेश सरकारले भब्य रुपमा माघ मिलन कार्यक्रम गरेको छ । थारु समुदायको रैथाने खानाहरुको प्रबद्र्धन गरिएको छ । ढिक्रि, खरिया, बरिया, फुलौरी लगायतका परिकारहरु समेत पस्किएको छ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघ मिलन कार्यक्रमको उद्घाटन गर्दै मौलिक कला संस्कृतिको संरक्षण संगै त्यसलाई आय आर्जन संग जोड्नेगरी प्रदेश सरकारले कार्यक्रम बनाएको बताउनु भयो । ‘माघे संक्रान्ति तथा माघ साझा पर्व हो । 

    लुम्बिनि प्रदेशमा भावनात्मक सम्बन्ध बलियो बनाउन र थप एकता कायम गर्न मद्दत गरेको छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘मौलिक कला संस्कृतिलाइ पर्यटन संग जोड्न जरुरी छ । कला संस्कृतिलाइ पर्वमा मात्रै सिमित गर्ने होइन, अन्य दिनमा पनि संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्न जरुरी छ ।’ 

    प्रदेश सरकारले थारु तथा मगर समुदायको कला संस्कृतिको संरक्षण गर्दै आयआर्जन बढाउन होमस्टे सञ्चालनकालागि सिप हस्तान्तरण गर्ने बताउनु भयो ।‘हाम्रा कला संस्कृतिलाई जोगाउदै समुदायको आर्थिक आम्दानी संग जोड्न जरुरी छ । यसकालागि प्रदेश सरकारले होमस्टे सञ्चालनकालागि बजेटको व्यवस्था गरेको छ’उहाँले भन्नुभयो,‘समुदायको आर्थिक सशक्तिकरण नगर्दा सम्म समृद्धि र विकासको चाहना पुरा हुन सक्दैन । यसअर्थमा कला संस्कृतिको संरक्षण र प्रबद्र्धन जरुरी छ ।’ 

    प्रदेशको विविधता आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने खालको भएकाले त्यसको प्रचारप्रसार गर्दै पर्यटक आवागमनलाई बढाउन जोड दिनुभयो । प्रदेश सरकारले मौलिक पर्वहरुलाई सम्मान गर्दै प्रबद्र्धनको नीति लिएको र सोही अनुरुप प्रदेश स्थापना भएदेखी माघ पर्वलाई भब्य रुपमा आयोजना गरिदै आएको जानकारी दिनुभयो ।

    आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएका थियो । कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख तुलाराम घर्तीमगरले माघ साझा पर्व भएकाले यसले मौलिक कला संस्कृती संरक्षणगर्न महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

    ‘पहिचानहरुको संरक्षण गर्न जरुरी छ । यसकालागि सभ्यता जोगाउन आवश्यक छ’उहाँले भन्नुभयो,‘प्रदेश सरकार स्थापनाभएदेखी मौलिक कला संस्कृतिको संरक्षण गर्न तल्लिन छ ।’ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजीत थारुले माघ पर्वले एक आपसमा भावनात्मक सम्बन्ध बलियो बनाउन भूमिका खेलेको बताउनु भयो । ‘मौलिक सांस्कृतिकले समुदायमा खुसि र उत्सव कायम गरेको छ’ हाँले भन्नुभयो, ‘कला संस्कृतिको संरक्षण गर्दै अव आर्थिक गतिविधिलाई बढाउन जरुरी छ ।’

    प्रदेश सभा सदस्य निमा गिरीले मौलिक कला संस्कृतिको सम्बद्र्धन सबैको साझा मुद्धा बनेको बताउनु भयो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रेखा कँडेलको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण बरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले गर्नु भएको थियो । प्रदेश सरकारले माघ पर्वलाई सम्मान गर्दै प्रदेशभर आज सार्वजनिक विदा समेत दिएको छ ।

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend