काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको संयुक्त बैठक आज बस्ने जनाइएको छ । सभापति शेरबहादुर देउवाको निवासमा धुम्बाराहीमा बैठक आज दिउँसो २ बजे लागेको हो ।
बैठकमा साउन २ गते बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्ने र केन्द्रीय समिति बैठकमा पेस गर्ने जनाइएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक गत असार २७ गते बस्ने तयारी गरिए पनि तयारी नपुगेको भन्दै साउन २ गतेसम्मका लागि स्थगित गरिएको थियो ।