Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

२०८४ साल भित्रै संविधान संशोधन हुन्छ: उपसभापति गुरुङ


६, माघ २०८१
  • 241
    SHARES
  • २०८४ साल भित्रै संविधान संशोधन हुन्छ: उपसभापति गुरुङ

    स्याङ्जा,५ माघ । नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले २०८४ साल भित्रै संविधान संशोधन हुने बताउनु भएको छ ।

    नेपाली काङ्ग्रेसको सय दिने बिशेष अभियानको वालिङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहनु भएका सांसद गुरुङले नेपाली काङ्ग्रेस र एमाले बीच भएको सातबुदे सहमति तलमाथि नहुने भन्दै सबैको सहमतिमा २०८४ साल भित्र संविधान संशोधन हुने बताउनु भएको हो । उहाँले भन्नुभयो ,”संविधान संशोधन काङ्ग्रेस र  एमालेको लागि मात्रै चाहिएको होइन सबैलाई चाहिएको छ । त्यसैले संविधान संशोधनमा सबैलाई समेटिन्छ ।”

    कानुनको अभावमा देशको अर्थतन्त्र धराशायी बनेको भन्दै देशको अर्थतन्त्र सुदृढ गर्न पनि अहिलेको सरकारले निरन्तरता पाउने बताउनुभयो । काङ्ग्रेस र एमालेलेको यो जिम्मेवारी अरुले लिन नसक्ने भन्दै काङ्ग्रेस र एमाले बाट जिम्मेवारी गयो भने देश दुर्घटनामा फस्ने तर्फ संकेत गर्दै पुर्व मन्त्री गुरुङले कुनैपनी हालतमा सरकार नढल्ने बताउनुभयो । उहाँले दिनहुँ मिडियाले सरकार ढल्नै लाग्यो भन्ने जस्ता समाचार सम्प्रेषण गरेपछि प्रधानमन्त्रीले त्यसको जवाफ मात्रै दिएको भन्दै सरकार ढल्ने जस्ता समाचारमा केन्द्रित नहुन आम नागरिकलाई आग्रह समेत गर्नुभएको छ ।

    कानुन अभावमा देशमा गाजाखेती,घरेलु मदिरा ब्राह्मणिङ देखी नेपालको जडिबुटी उपयोगिता समेत बाधा पर्दा देशको अर्थतन्त्र खस्कदै गएको तर्फ केन्द्रित गर्दै उहाँले यी लक्षित कानुन बनाउन सके बिदेश जाने युवा रोकिने मात्रै नभएर बिदेश गएका युवा समेत फर्किने उहाँको धारणा राख्नुभयो ।

    पुर्व कानुन मन्त्री समेत रहनु भएका गुरुङले नेपालीको भाग्य कानुनले खोसेको दाबी समेत गर्नुभयो । जडिबुटी,घरेलुु मदिरा,नोट बन्दी र गाजा सम्बन्धि कानुन बनाउन सके नेपाल र नेपालीको आर्थिक समृद्धिको यात्रा पुरा हुनेमा उहाँको जोड थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend