Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सामाजिक सञ्जालको दुरुपयोग गरी फैलाइने अफवालाई संचार माध्यमले चिर्न पर्छ


१२, माघ २०८१
  • 382
    SHARES
  • सामाजिक सञ्जालको दुरुपयोग गरी फैलाइने अफवालाई संचार माध्यमले चिर्न पर्छ

    बुटवल। सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा फैलाइने भ्रमहरूलाई संचार माध्यमहरूले चिर्नसक्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

    शनिबार बुटवलमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रूपन्देहीको सातौ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा सहभागीहरूले सुचना प्रविधिमा आएको विकाससँगै पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा बिभिन्न किसिमका भ्रम फैलाउने क्रम बढ्दै गएको भन्दै त्यसलाई संचार माध्यमहरूले चिर्न सक्नुपर्नेमा जोड दिएका हुन् ।

    कोभिड १९ पछि नेपाली संचार माध्यम संकटमा परेको र त्यसबाट जनजाति पत्रकारहरू पनि प्रभावित भएको भन्दै उनिहरूले आदिवासी जनजाति पत्रकारहरूको क्षमता बिस्तार गर्ने कार्यमा राज्यले सहयोग गर्नुपर्ने आवश्यकता औल्याए ।

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रूपन्देहीका अध्यक्ष सनु थापाको सभापतित्व र कञ्चन गाउपालिका उपाध्यक्ष मौसमि पुनको प्रमुख आतिथ्यतामा भएको थियो ।

    कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रीय उपाध्यक्ष सरू राना, प्रदेश संचार प्रतिष्ठान लुम्बिनी अध्यक्ष मिलन गाहा,नेपाल मगर संघ रूपन्देही जिल्ला अध्यक्ष थर्क बहादुर बारघरे, नेपाल प्रेस युनियन रूपन्देही सभापति कबिन्द्र नेपाल, प्रेस सेन्टर रूपन्देहीका अध्यक्ष विष्णु पोखरेल, समाजवादी प्रेस संगठन रूपन्देही अध्यक्ष बिनोद परियार, प्रगतिशील पत्रकार संघ रूपन्देही अध्यक्ष बिरेन्द्र कुँवर, दलित पत्रकार संघ रूपन्देहीका अध्यक्ष टंक सुनार, आदिवासी जनजाति अगुवा इन्द्र राई, नेपाल मगर संघ बुटवल उपमहानगर अध्यक्ष बसन्ती साठिघरे लगायतले आ आफ्नो भनाइ राखेका थिए ।

    अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्दै  सकिएको छ। अध्यक्षमा मीन राना, उपाध्यक्षमा राज चौधरी, सचिव आकृती थापा, कोषाध्यक्ष पार्वती थारू र सह सचिव मनु गुरुङ चयन हुनुभएको छ। त्यसैगरि सदस्यहरु जगत बहादुर थापा, जगीलाल थापा, बसन्त सिंजाली, नारायणी पाटा, सुमन थापा, खिम रेस्मी  मगर , निलम चौधरी र एकु राना चयन हुनुभएको छ।

    कार्यक्रमको संचालन सचिव राज चौधरीले र स्वागत कोषाध्यक्ष मीन रानाले  गरेका थिए ।

     

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend