Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेशभर सोमबार सार्वजनिक बिदा


२१, माघ २०८१
  • 173
    SHARES
  • लुम्बिनी प्रदेशभर सोमबार सार्वजनिक बिदा

    दाङ । लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।

    प्रदेश स्थापना दिवसको अवसरमा सोमबार प्रदेशमा सार्वजनिक बिदा दिइएको हो ।

    प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउने प्रदेश सरकारको तयारी छ ।

    आज प्रदेश सरकारले आठौं स्थापना दिवस मनाउन थालेको हो । प्रदेश सभा सचिवालय परिसरमा प्रदेश प्रमुखको बिशेष उपस्थितीमा मुल समारोहको आयोजना गरिदैछ ।

    बाजागाजा सहितको झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयहरुका स्टलहरु समेत राखिने छन् । यसैगरी स्थापना दिवसलाई भब्य र उत्सवमय बनाउन माघ २०, २१ र २२ गते तीन दिन प्रदेश मन्त्रालय, सचिवालय, निर्देशनालय र प्रदेशस्थित सबै कार्यालयमा दिपावलीगरी मनाउने कार्यक्रम रहेको छ ।

    शितगंगा नगरपालिका, लमही नगरपालिका, शिवराज नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, सरुमारानी गाउँपालिकाले आ–आफ्नो क्षेत्रभित्रको कला, संस्कृति र भेषभुषा सहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ ।

    झाँकीहरुको विचमा प्रतिस्पर्धा गरिने, प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

    २०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउने गरिएको छ ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend