बुटवल । बुटवल-१२, नयाँगाउँमा रहेको श्रीस्वामीनारायण मुक्तिनाथ धाममा चारबेद अठार पुराणसहितको महाअनुष्ठान हुने भएको छ ।
महायज्ञको १८ औं संस्करणमा श्रीमद् हिरण्यगर्भ वषट्कार महायज्ञ, विराट धर्म महासभाको तयारी पुरा भएको छ ।
धर्म संस्कृति र परम्पराको रक्षार्थ, जन र जगतको कल्याणको कामनार्थ महायज्ञ गरिएको संरक्षक लोकानन्द स्वामीले शनिवार बताउनुभयाे ।
उहाँले विगत अठार वर्ष अगाडीबाट प्रतिकुल परिस्थितिहरुमा पनि नियमित महायज्ञहरु गर्दै आएको बताउनुभयो ।
चार वेद अठारह पुराणको विराट यज्ञबाट यज्ञको गतिलाई गतिमान गराउँदै अहिले चार वेद अठारह पुराण, श्रीमद्रामायण, श्रीमद्महाभारत, हनुमान चालिसा गरी पच्चीस दिव्य धर्मशास्त्रहरुको महाअनुष्ठान सम्पन्न गर्ने लक्ष्य लिइएको धामका अध्यक्ष बाबुराम महतले जानकारी दिनुभयाे ।
यो दिव्य महायज्ञमा दश हजार आठ निष्ठावान भक्त नर-नारीहरुलाई कर्ता बनाउने र एक सय आठ भाग्यशालीनर-नारीहरुले मुख्यकर्ता बन्ने सौभाग्य प्राप्ती गर्नुहुने यज्ञ सम्पादन मुल समारोह समितिका संयोजक डिल्ली प्रसाद शर्मा आचार्यले बताउनुभयो ।
महाअनुष्ठानमा विश्वप्रसिद्ध निष्ठावान कथाकारहरु पंण्डित चैतन्यकृष्ण,नारी रत्न अनुराधा देबी,विश्वकै कान्छि वाचिका अनुराधा पाण्डे,आचार्य पण्डित बिष्णु ज्ञवालीका मुखारबिन्दबाट श्रीमद्भागवत तथा शिवपुराण ग्रन्थ प्रवचनहुनेछ ।
महायज्ञमा काशीबाट पाल्नुहुने पण्डितज्यूहरुबाट हुने सन्ध्याकालिन महाआरती समेत गरिने पण्डित देबेन्द्र शास्त्रीको भनाइ छ । माघ २२ देखि फाल्गुण ९ सम्म महायज्ञ हुनेछ ।