Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनीले शुभारम्भ गर्‍यो पाठेघर मुखको क्यान्सर विरुद्धको खोप अभियान


२२, माघ २०८१
  • 181
    SHARES
  • लुम्बिनीले शुभारम्भ गर्‍यो पाठेघर मुखको क्यान्सर विरुद्धको खोप अभियान

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानको शुभारम्भ गर्नु भएको छ ।

    लुम्बिनी प्रदेश स्वास्थ मन्त्रालयले दाङको राप्ती गाउँपालिका स्थित आदर्श नमुना माध्यमिक विद्यालय लालमटीयामा आयोजना भएको कार्यक्रममा मुख्यमन्त्री आचार्यले खोप अभियानको शुभारम्भ गर्नु भएको हो । मुख्यमन्त्री आचार्य सहित स्वास्थ्यमन्त्री खेमबहादुर सारुले खोप अभियानमा सहभागी हुने स्वास्थ्यकर्मीलाई खोप बाकस हस्तान्तरण गरेपछी अभियान सुरु भएको छ ।

    १० बर्ष देखि १४ बर्ष सम्मका किशोरीलाई लक्षित गरेर खोप लगाउन थालिएको छ । कक्षा ६ देखि १० सम्म पढ्ने किशोरीलाई खोप लगाइने छ । विद्यालय बाहिर रहेका किशोरीहरुलाइ अभियानमा सहभागी गराउन ध्यान दिन आग्रह गर्नुभयो । रोग लाग्नै नदिनेगरी निरोगीता हुनेगरी स्वास्थ जीवनशैली अपनाउन आह्वान गर्नुभयो ।’

    विद्यालयमा रहेका किशोरीहरुले खोप पाउने पूर्ण सुनिश्चित छ । तर, विद्यालय बाहिर रहेका किशोरीहरुलाइ खोजेर अभियानमा अनिवार्य जोड्न जरुरी छ । उहाँहरु नछुट्नेगरी खोप लगाउन ध्यान दिनुपर्ने मुख्यमन्त्री आचार्यले भन्नुभयो–’लुम्बिनी प्रदेश सरकारले बार्षिक करोडौं रुपैयाँ क्यान्सरको उपचारमा सहयोग हुदै आएको छ ।

    लुम्बिनी प्रदेशका २ लाख ९० हजार एक सय २४ जना किशोरीलाई खोप लगाउने लक्ष्य छ । आवश्यक पर्ने खोप सबै सम्वन्धित खोप केन्द्रहरुमा पठाइएको स्वास्थ्य मन्त्रालयलले जनाएको छ । प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै रुपन्देही जिल्लाका ६१ हजार २ सय ३१ किशोरीलाई खोप लगाउने लक्ष्य छ । त्यसपछी दाङ जिल्लामा ४२ हजार ६७ जना, कपिलवस्तुमा ३९ हजार पाँच सय २५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

    सबैभन्दा थोरै रुकुम पूर्वमा तीन हजार पाँच सय ९१ र अर्घाखाँचीमा नौं हजार तीन सय ३४ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको हो । पाल्पामा १२ हजार ५ सय ६६, गुल्मीमा १३ हजार ४६, नवलपरासी पश्चिममा १८ हजार ७ सय ९३, रोल्पामा १५ हजार ४ सय ७८, प्युडानमा १६ हजार तिन सय ३५, बर्दियामा २४ हजार ६५ जना र बाँकेमा ३४ हजार ९३ जनाले खोप लगाउने लक्ष्य राखिएको छ । स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेश सरकारले क्यान्सर, मृगौला र मुटुको उपचारमा सहयोग गर्न गत बर्ष १३ करोड रुपैयाँ गरेको र क्यान्सरको उपचारकोलागि मात्रै ९ करोड खर्च भएको बताउनुभयो ।

    प्रदेश सरकारले उपचारकोलागि दुई लाख रुपैयाँ सहयोग गर्दै आएको छ । अव रोग लागेपछी मात्रै उपचार गर्ने भन्दा रोग लाग्नै नदिनेगरी ध्यान दिन आह्वान गर्नु भयो ।‘नसर्ने रोगका कारण नागरिकहरु पिडित हुनुपर्ने अवस्था छ । राज्यले आफ्नो तर्फबाट गर्ने सहयोग गरिरहेको छ’उहाँले भन्नुभयो,‘अव रोग नलाग्नेगरी स्वस्थ जिवनशैली अपनाउन जरुरी छ ।’

    लुम्बिनी प्रदेशमा बार्षिक दुई हजार जना व्यक्ति क्यान्सर रोगको उपचारकोलागि सहयोग लिन स्वास्थ्य निर्देशनालयको सम्पर्कमा आउने गरेका छन् । स्वास्थ्य सचिव डा.वासुदेव उपाध्यायले दुई चरणमा खोप लगाउन थालिएको र लक्षित उमेर समुहका किशोरीहरुलाई अनिवार्य खोप अभियानमा जोडिने जानकारी दिनुभयो ।

    राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रमको सहजिकरण स्वास्थ्य निर्देशनालयका खोप फोकल पर्सन गोकर्ण गिरीले गर्नु भएको थियो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend