Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सभापति देउवाको प्रस्ताव "केन्द्रीय समिति बैठक "लाईभ प्रशारण गरौं


१, साउन २०८०
  • 166
    SHARES
  • सभापति देउवाको प्रस्ताव "केन्द्रीय समिति बैठक "लाईभ प्रशारण गरौं

    काठमाडौं । नेपाली कांग्रेसले भोलि मंगलबार देखि सुरु हुन लागेको केन्द्रीय समितिको बैठकको एजेण्डा तय गरेको छ । धुम्बाराहीस्थित पार्टी सभाति शेरबहादुर देउवाको निवासमा सोमबार बसेको पदाधिकारी बैठकले विभिन्न १० वटा एजेण्डा तय गरेको जनाएको छ ।

    एक वर्षपछि बस्न लागेको केन्द्रीय समिति बैठकको लाईभ प्रशारण गर्न सभापति देउवाले प्रस्ताब गरेका छन् । देउवाले नेताहरुले बोलेको तथ्य भन्दा बेग्लै रुपमा मिडियामा समाचार आएको भन्दै बैठक नै लाईभ गर्न प्रस्ताव गरेका हुन्। उनले पार्टीको आधिकारिक फेसबुक पेज,अनलाइन,टेलिभिजन लगायतबाट लाइभ गर्ने प्रस्ताव गरेपनि सो विषयमा सबैको एउटै धारणा नआएको पूर्व महामन्त्री शशांक कोइरालाले जानकारी दिए ।

    त्यस्तै पदाधिकारी बैठकले नीति अधिवेशनको मिति तय गर्ने र राष्ट्रव्यापी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नेजस्ता विषयलाई केन्द्रीय समितिको एजेण्डा बनाएको छ । पार्टीका विभाग थप गर्ने, संसदमा कांग्रेसको भूमिका, सरकारका कामकारबाही लगायतका एजेण्डा केन्द्रीय समिती लैजाने बताइएको छ ।

    मंगलबार दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाइएको छ । लामो समयपछि बस्न लागेको बैठकलाई चासोपूर्वक हेरिएको छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend