Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मुक्त कमैयाको जीवनस्तरमा सुधार नहुनु दुखद : मुख्यमन्त्री चौधरी


२, साउन २०८०
  • 367
    SHARES
  • मुक्त  कमैयाको   जीवनस्तरमा सुधार नहुनु दुखद  : मुख्यमन्त्री चौधरी

    देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कमैया मुक्त भए पनि अझै सुधार नुहुनु दुःखद् रहेको बताएका छन् । तेइसौँ मुक्त कमैया दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तराईका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका २७ हजार पाँच सय ७०  मुक्त घोषणा भए पनि अझै उनीहरुको जीवनस्तरमा सुधार नहुनु दुखद भएको बताए  । 

    मुख्यमन्त्री चौधरीले मुक्त कमैयाका समस्या समाधानका लागि तीनै तहका सरकार गम्भीर बताउदै २७ हजार ५०० सय मुक्त कमैया परिवारको व्यवस्थापन र पुनःस्थापना हुन नसक्नुले सकारात्मक सन्देश नदिएको बताए । उनले मुक्त कमैयाको समस्या समाधान गर्न  प्रदेश सरकार गम्भीर रहेको भन्दै उनीहरुलाई उत्साह, उर्जा र श्रृजनशिलता,स्वरोजगार बनाउन प्रदेश सरकार लाग्ने जानकारी दिए  । उक्त आन्दोलनको अभिभावकत्व ग्रहंण गरी आन्दोलनमा समेत सहभागि भइ सफल बनाउन सहयोग पु¥याउने पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रति कृतज्ञता व्यक्त गर्दछु  मुख्यमन्त्री चौधरीले भने ।

    कमैया आन्दोलनलाई सहयोग पु¥याउनु हुने पूर्व प्रधानमन्त्री,राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, आन्दोलन सफल बनाउन अग्रणी भूमिका खेल्ने आम सञ्चार माध्यम, विभिन्न क्षेत्रमा रहेर सहयोग गर्ने मार्टिन चौतारी लगायतका संघ सस्थाहरुलाई धन्यवाद दिए छन् । 
    ‘
    ‘मुक्त कमैयालाई रोजगारमा जोड्दैछौँ’ 

    लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले मुक्त कमैयालाई राजगारीमा जोड्नका लागि बजेट विनियोजन गरेको जानकारी दिए ।  मुक्त कमैया दिवसका अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै उनले कमैयालाई रोजगारीमा जोड्न प्रदेश सरकारले उच्च प्राथमिकता राखेको जानकारी दिए । मन्त्री मास्कीले कमैया मुक्त भए पनि उचित व्यवस्थापन हुन नसक्नु दुःखद् रहेको जनाउँदै त्यसतर्फ प्रदेश सरकार गम्भीर रहेको बताए । 

    विसं २०५७ साउन २ गते कमैया मुक्ति घोषणा गरिएको थियो ।


     

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend