Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गोपाल सेवा समिति लुम्बिनीद्धारा रक्तदान, ३२ पोइन्ट रगत संकलन 


४, फागुन २०८१
  • 257
    SHARES
  • गोपाल सेवा समिति लुम्बिनीद्धारा रक्तदान, ३२ पोइन्ट रगत संकलन 

    उर्मिला यादव यात्री, भैरहवा । गोपाल सेवा समिति लुम्बिनी सांस्कृतिक नगरपालिकाको नगर कार्यसमिति रुपन्देहीले शनिबार लुम्बिनीमा रक्तदान कार्यक्रम २०८१ सम्पन्न गरेको छ ।

    गोपाल सेवा समिती लुम्बिनी नगरअध्यक्ष बिमलेश यादवको अध्यक्षता तथा गोपाल सेवा समिती केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादवको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमको उदघाटन गदैँ गोपाल सेवा समितिका केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादवले रगतमा जात नहुने हुँदा एकथोपा रगतले पनि मानिसको जिवन बचाउन सकिने भएकोले रक्तदान समाज र ब्यक्तिको लागी अति आवश्यक भएको बताउनु भएको छ ।

    उहाँले पछिल्लो समय मधेशी समुदायमा समेत रक्तदान गर्नूपर्ने भावनाको बिकास र सचेतना भएकोले रक्तदान कार्यक्रममा मधेशी समुदायको उत्साहजनक सहभागिता देखिने गरेको बताउनुभयो । उहाँले गोपाल सेवा समितिले लामो समय देखि नै रक्तदान कार्यक्रम केन्द्र, जिल्ला लगायत क्षेत्रगत रुपमा गर्दै आएकोले आगामी दिनहरुमा समेत यसलाई निरन्तरता दिदै जाने प्रतिबद्धता समेत गर्नु भएको छ ।

    यसैगरी कार्यक्रमका गोपाल सेवा समिति लुम्बिनी नगरअध्यक्ष बिमलेश यादवले सम्पूर्ण रक्तदाता तथा प्राविधिकहरूलाई धन्यवाद दिँदै मानव जिवन रक्षाको लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजना गरी सम्पन्न गर्न पाउँदा खुसी लागेको बताउनु भएको छ । उहाँले आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक सेवाका कार्यहरू गर्दै जाने बिश्वास दिलाउनु भएको छ ।

    लुम्बिनी प्रदेशका पुर्व प्रदेश सभा सदस्य फकरुद्धिन खानले हामीले जिवनमा बिभिन्न किसिमका सामाजिक दान दिए पनि रक्तदान सबैभन्दा अमुल्य दान भएको बताउनु भएको छ । रक्तदानले अरुले नयाँ जिवन पाउने भएकोले यो एकदमै महत्वपुर्ण र यसमा कुनै पनि बिभेद नभएको उल्लेख गर्नुभयो । उहाँले गोपाल सेवा समिति लुम्बिनी नगरले आयोजना गरेको रक्तदान कार्यक्रम एकदमै प्रशंसनिय भएको बताउनुभयो ।

    कार्यक्रममा गोपाल सेवा समितिका क्षेत्रिय अध्यक्ष रामबेलास यादवले गोपाल सेवा समिती लुम्बिनी सांस्कृतिक नगरपालिकाको नगर कार्यसमितीलाई धन्यवाद दिदैँ रक्तदानले नै नयाँ जिवन दिने भएकोले यो सबैका लागी महत्वपुर्ण भएको बताउनु भएको छ । उहाँले रगत दानले नै समस्या र रगतको अभाव झेलिरहेका ब्यक्तिहरुलाई सजिलै बचाउन सकिनेमा जोड दिनुभयो । उहाँले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउँदै गोपाल सेवा समितिले गर्ने होलीमिलन कार्यक्रममा समेत रक्तदान कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

    त्यस्तै गोपाल सेवा समिति लुम्बिनी सांस्कृतिक नगर समितिका सल्लाहकार एवम लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष ध्रुब प्रसाद यादवले रक्तदान नै सबैभन्दा ठुलो दान भएकोले रगतको अभावमा कसैको ज्यान जान नहुने बताउनु भएको छ । उहाँले मधेशी समुदायमा रगत दिनुपर्ने भावनाको बिकास भैसकेकोले रक्तदान कार्यक्रममा मधेशी समुदायको उत्साहजनक सहभागिता देख्न सकिने समेत बिश्वास ब्यक्त गर्नु भएको छ ।

    खुदाबागर आर्दश कलेजका क्याम्पस प्रमुख रामबली यादवले रक्तदान कार्यक्रमले नौलो उर्जा थपेको बताउनु भएको छ । उहाँले मानवको जिवन रक्षा तथा सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियान सुरु गरिएको जनाउँदै मधेशी समुदायमा रगत दिनुपर्ने सचेतना अभिवृद्धिका लागि पनि रक्तदान कार्यक्रम गरिएको उल्लेख गर्नुभयो । यादवले रक्तदान नै महादान र जिवन दान भएकोले रगतको अभावमा छटपटाइ रहेका ब्यक्तिहरुलाई रगत दान गरी उनीहरुको जिवन बचाउन सकिनेमा जोड दिनुभयो । उहाँले रगतदान सबैले गर्नुपर्ने जोड दिदैँ यसले हानी नोक्सानी नगर्ने समेत बिश्वास दिलाउनु भएको छ ।

    यसैगरी रक्तदान कार्यक्रममा खुदाबागर आर्दश कलेजका अध्यक्ष मोहम्मद सईदले बोल्दै रक्तदानले धेरैको जिवन बचाउन सकिने हुँदा रक्तदान गर्नुपर्ने बताउनु भएको छ । उहाँले समाजको लागि यो उदाहरणीय काम भएकोले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नु भएको छ । उहाँले रक्तदान कार्यक्रममा रगत दिनेहरुको ठुलो उत्साह देखिएको बताउदै गाउँ घरमा सचेतना दिन सके अझै धेरै रगत सङ्कलन हुन सक्ने बताउनु भएको छ ।

    गोपाल सेवा समिति लुम्बिनी नगर सचिव तथा कार्यक्रम संयोजक रामऔतार यादवले संचालन गर्नु भएको कार्यक्रममा गोपाल सेवा समिती लुम्बिनी नगर कोषाध्यक्ष बिजय कुमार यादव, नगर कमिटी सहसचिव राजाराम यादव, जिल्ला सदस्य सुरेन्द्र यादव, रामराज यादव, राजेश कहार, रेशमा शाक्य, रामअधिन यादव,त्रिलोकी नाथ यादव,नसिमा खातुन, संगिता सापकोटा, दिनेश यादव, रामभवन यादव,,भोला यादव,योगेश चौरासिया,शान्ता कुंवर, चन्द्र बहादुर सुनार,आमिर सोयल मुसलमान, रमेश कहांर, जमिर उल्लाह खांन,घरभरन तेली,श्रवण कुमार हरिजन,रामदेव यादव,महबुब आलम,रमेश गूप्ता,राजन कुमार मिश्रा, किशोर यादव, मनोज कुमार धवल, मिन बहादुर चर्मकार, गुलाब चन्द यादव लगायत समाजसेवी, स्थानिय, सरोकारवाला निकायका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

    रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन भने ३२ पोइन्ट रगत संकलन भएको गोपाल सेवा समिति लुम्बिनी नगर अध्यक्ष बिमलेश यादवले जानकारी दिनु भएको छ ।

    Messenger_creation_84C1BCCF-134D-41E8-B680-73B6758B8584.jpeg

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend