Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राप्ती शान्ति उद्यानमा पर्यटकको आकर्षण बढ्दो


४, फागुन २०८१
  • 207
    SHARES
  • राप्ती शान्ति उद्यानमा पर्यटकको आकर्षण बढ्दो

    तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यानमा संरचना थपिएसँगै पर्यटक आकर्षण बढेको छ । एक वर्षको अवधिमा दुई लाख ३९ हजार बढीले शान्ति उद्यानको अवलोकन गरेका छन् ।

    उद्यानका पार्कका व्यवस्थापक खेमराज विश्वकर्माका अनुसार सबैभन्दा बढी २०८१ सालको वैशाख १ गतेका दिन ११ हजारले अवलोकन गरेका थिए । गणेश सामुदायिक वनभित्र रहेको उद्यान ११.६६ हेक्टर क्षेत्रफलमा छ ।

    पछिल्लो समय उद्यानमा विभिन्न संरचना थपिएपछि पर्यटकहरूको चाप बढेको छ । लुम्बिनी प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा विभिन्न संरचना निर्माण गरिएको छ ।

    उद्यान समितिका अध्यक्ष डिल्ली भण्डारीका अनुसार  उद्यानभित्र जलाशय, भगवान गौतम बुद्घको विशाल मूर्ति, धुप घडी,मिनी चिडियाखाना, बाल उद्यान, घोडा सवारी, तथा विभिन्न जातजातिका पोशाकमा फोटो खिच्ने सुविधा थपिएपछि पार्क पर्यटकहरूको रोजाइमा परेको छ ।

    उद्यानभित्र रहेको जलाशयमा  डुङ्गा सयर सञ्चालनमा आएपछि यहाँ घुम्न आउनेहरूको संख्या झन् बढेको छ । अध्यक्ष भण्डारीका अनुसार डुङ्गा सयरबापत प्रतिव्यक्ति पचास रूपिया शुल्क लिइने गरिएको छ । जलाशयमा चार वटा डुङ्गा छन् ।

    उद्यानमा दैनिक झण्डै एक हजार बढी आउने गरेका छन् भने सार्वजनिक बिदाका दिन भने दुई हजारदेखि पाँच हजारसम्म आउने गर्दछन् । उद्यान अवलोकनका लागि डडेलधुरा, कैलाली, सल्यान, रुकुम, रोल्पा, प्युठान, बाँके, बर्दिया लगायतका जिल्लाबाट आउने गरेका छन् ।

    अध्यक्ष भण्डारीका अनुसार उद्यान अवलोकनका लागि देशभरका सामुदायिक वनका प्रतिनिधि बढी आउने गरेका छन् । सामुदायिक वनलाई कसरी उद्यमसँग र पर्यटकीय आकर्षण बढाउन सकिन्छ भन्ने कुराको अवलोकनका लागि आउने गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । त्यस्तै विभिन्न विद्यालयबाट समेत शैक्षिक भ्रमणका लागि विद्यार्थी आउने गरेका छन् ।

    उद्यानका व्यवस्थापक खेमराज विश्वकर्माका अनुसार उद्यानभित्रै प्रत्यक्षरूपमा १२ जना र उद्यानभित्र फोटो खिच्ने कामका लागि ३० जना र अप्रत्यक्षरूपमा दुई सय बढीले रोजगार पाएको बताउनुभयो । साविकको राप्ती अञ्चलमा द्वन्द्व बढ्दै गएपछि शान्तिको कामना गर्दै राप्ती शान्ति उद्यान निर्माण गरिएको थियो । 

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend