Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शिवरात्रिमा पशुपतिको दर्शनलाई प्रभावकारी बनाउन १० उपसमिति गठन


१२, फागुन २०८१
  • 134
    SHARES
  • शिवरात्रिमा पशुपतिको दर्शनलाई प्रभावकारी बनाउन १० उपसमिति गठन

    काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले बुधबार परेको महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनलाई व्यवस्थित गर्न मुल समारोह समिति गठन गरेको छ ।

    ‘महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति–२०८१’ गठन गरेर त्यस मातहत रहनेगरी विभिन्न १० वटा उपसमिति समेत गठन गरिएको कोषले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

    पर्वका अवसरमा लाखौँको संख्यामा दर्शनार्थी आउने भएकाले सम्पूर्ण व्यवस्थापनलाई चुस्त बनाउन उपसमिति बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    यस्तै बुधबारका लागि सुरक्षा व्यवस्था चुस्त बनाउनका लागि सुरक्षा निकायलाई अनुरोध गरिसकिएको तथा पवित्र पाशुपत क्षेत्रमा कानूनद्वारा निषेधित क्रियाकलापहरु नगर्न तथा नगराउनु हुन सबैमा अनुरोध कोषले गरेको छ ।

    यस्तै कोषले माँस, मदिरा, गाँजा, भाङ, चरेश आदिको भण्डारण तथा बिक्रि वितरण तथा ओसार पसार नगर्न तथा नगराउन पनि सचेत गराएको छ ।

    यस्तै स्थानीय बासिन्दाहरुले स्थानीय वडा कार्यालयहरु मार्फत जारी गरिएको परिचय पत्र (पास) तथा कोषबाट जारी परिचय पासबाट सहजरुमा आवतजावत गर्न सक्ने कोषले जनाएको छ ।

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend