काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आजदेखि शुरु भएको छ । पहिलो दिन दुई घण्टामात्रै बसेर बैठक भोलिसम्मका लागि स्थगित भएको छ । दिउँसो २ः११ बजे शुरु भएको बैठक अपरान्ह ४ः११ बजे सकिएको थियो । बैठक भोलिदेखि बिहान ११ बजेदेखि नै शुरु हुने सभापति शेरबहादुर देउवाले बताएका छन् ।
बैठकमा विभिन्न १० एजेन्डाहरुलाई आधार बनाइएको छ । ती एडेन्डामा रहेर छलफल हुनेछ । पहिलो दिन एजेन्डाहरु प्रस्ताव गरिएको छ । जसमा महामन्त्री विश्वप्रकाश शर्माले संक्षेपमा एजेन्डाको बारेमा जानकारी दिएका थिए भने अर्का महामन्त्री गगनकुमार थापासँगै अन्य जिम्मेवारी पाएका नेताहरुले आ–आफ्नो प्रस्ताव पेश गरेका थिए ।
त्यस्तै उपसभापति एवं उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले सरकारको अवस्था बारेमा पनि जानकारी दिएका थिए । काँग्रेसले पहिलो पटक केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरेको छ ।