Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हिमपातका कारण लार्केपास गर्न पर्यटकलाई सकस


१६, फागुन २०८१
  • 209
    SHARES
  • हिमपातका कारण लार्केपास गर्न पर्यटकलाई सकस

    सुलीकोट । उत्तरी गोरखामा तीन दिनदेखि परेको भारी हिमपातका कारण साम्दो पुगेका पर्यटकलाई लार्केपास गर्न सकस भएको छ ।

    जिल्लाको चुमनुब्री गाउँपालिका–१ साम्दो, सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा फागुन १४ गते बुधबारदेखि शुक्रबारसम्म निरन्तर रूपमा बाक्ले हिउँ परिरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।

    हिमपातका कारण लार्केपास गर्न हिँडेका पर्यटकहरू साम्दोमा रोकिएको अध्यक्ष लामाले बताए । उनका अनुसार लार्केपास हिँडेका पर्यटकहरू साम्दोमा रहेका होटलहरूमा आश्रय लिएर बसेका छन् । साम्दोको जम्माल होटेलमा १३, होटेल याकमा पाँच र धर्मशालामा चार जना गरी २२ जना पर्यटक तीन दिनदेखि गन्तव्यतर्फ जान नसकेपछि रोकिएका हुन् ।

    ‘‘जमिनदेखि १० इन्च माथिसम्म बाक्लो हिमपातले गर्दा लार्केपास हिँडेका पर्यटकको होटेल बसाइ लम्बिएको छ, होटेल व्यवसायी निमा लामा दोर्जेले भने, “एकटोली पर्यटक लार्केपास जान नसक्नु र अर्को टोली बिचबाटैमा रोकिनुपर्ने अवस्था आएको छ ।”

    हिमपातका कारण स्थानीयवासीको दैनिक जनजीवनसमेत कष्टकर बनेको छ । खानेपानीका मुहानमा पानी जमेको छ भने वृद्धवृद्धा र बालबच्चालाई घरबाहिर निस्कनसमेत समस्या भएको अध्यक्ष लामाको भनाइ छ ।

    हिमपातले चरिचरनमा समेत प्रभाव पारेकाले घरपालुवा गाईबस्तुमा घाँसको अभाव भएको उनले जानकारी गराए । हिमपात तत्कालै रोकिने कुनै सम्भावना नदेखिएकाले पर्यटकहरू अझै केही दिन साम्दोमा नै बस्नुपर्ने अवस्था रहेको स्थानीय बीरबहादुर लामाले बताए ।

    ‘‘अहिले पनि साम्दोमा हिमपात रोकिएको छैन,’’ साम्दो पुग्नुभएका नेपाली गाइड उषा गुरुङले भनिन, ‘‘तीन दिन भयो साम्दोबाट अगाडि बढ्न सक्ने अवस्था छैन, १० दिनको अनुमति लिएको तर हिमपातले गर्दा तीन दिन साम्दोमा नै बितिसक्यो ।’’

    बुधबारदेखि लार्केपास हिँडेको विदेशी पर्यटकहरू हिमपातले पदमार्ग पूरै ढाकेका कारण साम्दोमा रहेको होटेलमा आश्रय लिएर बस्न बाध्य भएको पथपदर्शक गुरुङले बताइन ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend