Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सहज बनाउँछौँ : मुख्यमन्त्री आचार्य


१९, फागुन २०८१
  • 196
    SHARES
  • निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सहज बनाउँछौँ : मुख्यमन्त्री आचार्य

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रलाई लगानी गर्ने सहज वातावरण बनाउन लागिपरेको बताएका छन् ।

    दाङको तुलसीपुरस्थित राप्ती लाइफ केयर अस्पतालको १८औँ वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रलाई लगानीमा उत्साहित हुने वातावरण तयार गर्ने बताए । उनले भने, “तपाईंहरु लगानी गर्न उत्साहित भएर लाग्नुस्, लगानीको वातावरण सरकारले निर्माण गर्छ ।”

    त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख टीकाराम खड्काले शिक्षा, स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रले खेलेको भूमिका उल्लेख्य रहेको बताए । निजी क्षेत्रको लगानीले पनि राज्यलाई सहयोग पुर्‍याएको उनको भनाइ थियो ।

    २७ करोड लगानी गरेर सञ्चालनमा आएको एक सय शय्याको अस्पतालले वार्षिक १७ करोड ७३ लाख वार्षिक कारोबार गर्दै आएको जनाएको छ । अस्पतालले प्रमाणपत्र तहमा नर्सिङ र सामान्य चिकित्साको कक्षा सञ्चालन गरिरहेको छ, भने आगामी वर्षमा ल्याब र फार्मेसीका कार्यक्रम सञ्चालन गर्ने गरी अनुमति ल्याइसकेको अस्पतालका अध्यक्ष हरि रिजालले बताए ।

    अस्पतालले जनरल मेडिसिन, हाडजोर्नी तथा नसा, प्रसूति तथा स्त्रीरोग, जनरल सर्जरी, नवजात तथा बालरोग, नाक, कान, घाँटी रोग, मानसिक तथा नशा रोग, रेडियोलोजिस्ट, एनेसथेसिया तथा कृटिकल केयर न्यूरो, फेजिसियनलगायतका विशेषज्ञ सेवा प्रदान गरेको छ ।

    अस्पतालले १० प्रतिशत श्यया निःशुल्क उपलब्ध गराउँदै आएको छ । त्यस्तै नर्सिङ र सामान्य चिकित्सा अध्ययनरत १० प्रतिशत विद्यार्थीलाई निःशुल्क अध्यापन पनि गराउँदै आएको जनाएको छ । अस्पतालमा दुईसय नौ जनाले रोजगारी पाएका छन् । - रासस

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend