Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सोलार लिफ्टिङ साना सिचाइ आयोजनाको अनुगमन


३, साउन २०८०
  • 178
    SHARES
  • सोलार लिफ्टिङ साना सिचाइ आयोजनाको अनुगमन

    रोल्पा । स्यानीगाढ सोलार लिफ्टिङ साना सिचाइ आयोजना परिवर्तन गाउँपालिका-३ बागमाराको अनुगमन गरिएको छ। युकेएडको आर्थिक सहयोग तथा प्राक्टिकल एक्शन र विकास सरोकार समाज डिकोसको साँझा समन्वयमा निर्माण भएको आयोजनाको बुधबार अनुगमन गरिएको हो।

    समुन्नति परियोजनाको २२ लाख ९० हजार २ सय ५४ रुपैयाँँ र समूहको श्रमदान ३ लाख ९१ हजार ७ सय ६२ रुपैयाँँ गरि कुल २६ लाख ८२ हजार १६ रुपैयाँमा स्यानीगाढ सोलार लिफ्टिङ साना सिचाइ आयोजना सम्पन्न भएको मिलिजुली कृषक समुहका अध्यक्ष मन बहादुर केसीले बताए । उक्त सोलार लिफ्टिङ सिचाइ आयोजना बाट ४० घर लाभान्वित हुने जनाइएको छ । निर्माण कार्य २०७९ पुष १० गते बाट सुरु भइ २०८० असार २५ गते सम्पन्न भएको हो ।

    परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रीको संयोजकत्वमा भएकोमा अनुगमनमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर,परिवर्तन गाउँपालिका-३ का वडाध्यक्ष खिम विक्रम चन्द,परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम,समुन्नति परियोजना तथा विकास सरोकार समाज डिकोस रोल्पाका संयोजक बेरजङ पुन,समुन्नति परियोजना कलस्टर थबाङ गाउँपालिका कार्यक्रम अधिकृत सुनिता घर्ती मगर,ईलाका प्रहरी चौकी बागमाराका प्रमुख झलक बुढा मगर,विकास सरोकार समाज डिकोस रोल्पाका सचीव कल्पना बुढा मगर र विकास सरोकार समाज डिकोस रोल्पाका लेखा अधिकृत सोरो बुढा मगर लगायतको सहभागिता रहेको थियो।

    परियोजना अवधि जनवरी २०२२ देखि डिसेम्बर २०२४ रहेको छ। समुन्नति परियोजनाले दाङको शान्ति नगर गाउँपालिका,दंगीशरण गाउँपालिका रोल्पाको रुन्टिगढी गाउँपालिका,त्रिवेणी गाउँपालिका,परिवर्तन गाउँपालिका र थबाङ गाउँपालिका र रुकुम पूर्वको भूमे गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिका गरि जम्मा ८ गाउँपालिकामा विगत डेढ बर्ष देखि  काम गर्दै आएको छ । जस अन्तर्गत कृषकहरुलाई जलवायु अनुकूलन तरकारी खेती गर्न प्रोत्साहित गर्दै परियोजनामा आवद्ध  ६००० हजार घरधुरीमै पूनर्जन्मकारी कृषि प्रविधीहरु पुर्‍याई सुरक्षित कृषि उत्पादन गर्ने लक्ष्य लिएको छ। 

    रासायनिक मलको प्रयोगलाई निरुत्साहित गरि जैविक मल,कम्पोस्ट मल र प्राङ्गारिक मलको प्रयोग गरि उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ।साथै परियोजनाले जलवायु मैत्री कृषि र उद्यमलाई प्राथमिकतामा राखेर कार्य गर्दै आएको छ भने महिला,सिमान्तकृत समूह र अपाङ्गता भएका व्यक्तिहरु लाभान्वित हुने बताइएको छ।

    स्थानीय परियोजना सल्लाहकार समितिको बैठक परिवर्तन गाउँपालिकाको पुतलाचौरमा बुधबार सम्पन्न भएको छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend