Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

किसानका खेतमा ‘सिरिञ्ज’


३, साउन २०८०
  • 94
    SHARES
  • किसानका खेतमा ‘सिरिञ्ज’

    दाङ । तुलसीपुर उपमहानगरपालिका- १०,११ र १२ का किसानको खेतमा अस्पताल तथा होटल जन्य फोहर पुग्ने गरेका छन् । त्यहाँका किसानले पटक-पटक सो विषयमा ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको गुनासो गरेका छन् । “यो विषयमा हामीले पटक-पटक उपमहानगरपालिकालाई ध्यानाकर्षण गरायौँ”,तुलसीपुर ११ कटाहाका जनकलाल चौधरीले भन्नुभयो, “तर, पनि यसमा कुनै चासो भएको छैन ।” 

    प्रत्येक वर्ष वर्षाको समयमा किसान उपमहानगरपालिका कार्यालयमा ध्यानाकर्षण गराउन पुग्छन् । खेत रोप्दा सिसाले काट्ने गरेको, खेतलाई गोडमेल गर्न पनि नसक्ने अवस्था रहेको, आँगनमै फोहरको गन्ध आउने गरेको त्यहाँका किसानको पटक-पटक गुनासो हुन्छ । तर, चासो नदिएकाले समस्या ज्यूँका त्यूँ रहेकाले अब कडा कदम चाल्ने स्थानीयवासी रेशम केसीले भन्नुभयो,“अब हामी खेतमा गएको सबै फोहर ट्याक्टरमा हालेर उपमहानगरपालिकाको गेटमा छोडिदिन्छौँं ।” 

    खेतमा, घर आँगनमा आएको फोहरलाई एक ठाउँमा जम्मा गरिदिने गरेको भए पनि उपमहानगरपालिकाको फोहर फाल्ने गाडीसमेत नआउने गरेको उहाँहरुको गुनासो छ ।फोहरको गाडीले लगेपनि धेरै राहात हुने किसानको भनाइ छ । तर, उपमहानगरपालिका सरसफाइ व्यवस्थापन शाखा प्रमुख माधव पौडेलले फोहर व्यवस्थापनका लागि ट्याक्टर प्रयोग गर्ने गरेको बताउनुभयो ।

    “हामीसँग ६ जना फोहरका कर्मचारी र ट्याक्टर लिएर जाने गरेका छौंँ”,उहाँले भन्नुभयो, “त्यसले किसानका खेतको फोहर उठाउने गरेका छौंँ ।”  बजारबासीले फोहर जम्मा गरेर गाडीमा दिने भन्दा पनि जहाँ पायो त्यहीँ फालिदिने गर्दा पनि यस्तो समस्या वर्षेनि  देखिने गरेको छ ।  

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend