Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आज ११ बजे काँग्रेस कार्यसमिति तेस्रो बैठक बस्ने


४, साउन २०८०
  • 247
    SHARES
  • आज ११ बजे काँग्रेस कार्यसमिति तेस्रो बैठक बस्ने

    काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ । बैठकको दोस्रो दिन बुधबार ४६ जनाले बोलेका छन् । मंगलबारदेखि सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, सानेपामा बसेको बैठकमा बुधबार केन्द्रीय सदस्यहरु जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार वुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ्ग, नारायणबहादुर कार्की, मानबहादुर नेपाली, नैनसिंह महर, गोविन्दबहादुर शाह, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, सुशिला भट्ट मिश्र, नागिना यादव, नानु बास्तोला, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सैजुवाल, सुशीला थिङ्ग, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक, जीवन राना, राधा घले, रुक्मिणी कोइराला, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गंगा शाही र सीतादेवी देवकोटाले बोलेका थिए । 

    त्यस्तै आमन्त्रित प्रदेश सभापतिहरु— कृष्णप्रसाद यादव (मधेस प्रदेश), इन्द्रबहादुर बानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) र बीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश) ले आ–आफ्ना धारणा राखेका थिए । 

    बुधबारको बिहान ११ बजेदेखि साँझसम्म बसेको बैठकमा ४६ जनाले आफ्नो धारणा राखे । धारणा राख्ने क्रम जारी रहेको छ ।  पहिलो पटक प्रत्यक्ष प्रशारण गरिएको बैठकमा नेताहरुले निकास भन्दा पनि आरोप प्रत्यारोप निकै नै ओकलेका छन् । एक वर्षपछि पहिलो पटक केन्द्रीय कार्यसमिति बैठक बसेको हो । 

    यसअघि मङ्गलबार प्रारम्भ बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी र अर्का महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी नेता गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए । नेता आनन्दप्रसाद ढुङ्गानाले अनुशासन समितिले तयार गरेको कामका बारेमा जानकारी गराएका थिए । 

    यसैगरी प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिकाका विषयमा प्रमुख सचेतक रमेश लेखकले र सरकारमा पार्टीको भूमिकाका बारेमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउँदै आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यसमितिको तेस्रो बैठक बिहीबार आज बिहान ११ बजे पुनः बस्ने भएको छ । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend