Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवल उपमहानगरसँग स्वयंसेविकाहरूको गुनासो


४, साउन २०८०
  • 116
    SHARES
  • बुटवल उपमहानगरसँग स्वयंसेविकाहरूको गुनासो


    बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुले गत आर्थिक वर्षमा नियमित सेवा दिए वापत पाउनुपर्ने यातायात खर्च वापतको रकम नपाएको गुनासो गरेका छन् । यसअघिका निर्वाचित जनप्रतिनिधिले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मासिक १ हजार रुपैयांको दरले यातायात खर्च वापत उपलब्ध गराउन गरेको निर्णय पछिल्लो निर्वाचित जनप्रतिनिधिले कार्यान्वयन नगरेको भन्दै बुधवार उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।

    महिला स्वास्थ्य स्वयंसेविका बुटवल उपमहानगरसमितीका अध्यक्ष रुक्मीणी भट्टराईले आफुहरुको सेवा सुविधाबारे यसअघिका जनप्रतिनिधिले निर्णय गरि २०७८ साल चैत्र २५ गते उपमहानगरपालिकाको राजपत्रमा समेत प्रकाशित भईसकेपनि पछिल्लो एकवर्ष यता यातायात खर्च वापतको रकम पाउन नसकेको गुनासो गरिन ।

    भट्टराईका अनुसार बुटवलमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सेवा अवधीभरी यातायात खर्च वापत मासिक १ हजारका दरले एकवर्षको १२ हजार रुपैयां उपलब्ध गराउने निर्णय गरिएको थियो । त्यस्तै अवकाश भएर जांदा ५ वर्षसम्म काम गरेकोलाई वार्षिक ५ हजार, ५ देखि १० वर्षसम्मको लाई वार्षिक ७ हजार, १० देखि १५ वर्षसम्मको लाई वार्षिक ८ हजार, १५ देखि २० वर्षसम्मको लाई वार्षिक ९ हजार र २० वर्षदेखि माथिकोलाई वार्षिक १० हजारका दरले अवकाश वापतको एकमुष्ट रकम दिने उपमहानगरको कार्यपालिकाले निर्णय गरेको थियो ।

    उक्त निर्णयलाई नगर कार्यापालिकाको २०७८ चैत्र २५ गतेको राजपत्रमा समेत प्रकाशित गरिएको थियो । तर उपमहानगरपालिकाले यातायात वापतको रकम समेत नदिएको भट्टराईले बताईन । उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले यसअघिका जनप्रतिनिधिले आफु जांदाजांदै गरेको निर्णयमाथी थप अध्ययन गरेर मात्रै कार्यान्वयन गरिने बताए । १९ वडा रहेको बुटवल उपमहानगरपालिकाभित्र १७७ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend