भैरहवा । चैत्र १७ गते २०८२ सालको नयाँ सम्बत्सर सिद्धार्थीको सुरुवातको दिन ज्योतिष दिवस मनाइएको छ ।
दक्षिण एसियाली ज्योतिष महासङ्घ लुम्बिनी प्रदेश समिति द्वारा उक्त दिन अनाथ आश्रममा खाद्यान्न सहयोग गरि ज्योतिष दिवस मनाइएको हो ।
चैत्र १७ गतेबाट चैत नवरात्री पनि सुरुवात भएकाले यसै पवित्र दिनबाट नै चान्द्रायण अनुसार नयाँ वर्षको सुरुवात पनि हुने हुँदा उक्त दिनलाई केही बर्ष यता ज्योतिष दिवस मनाउदै आइएको छ । कार्यक्रम तिलोत्तमा 15 कोटिहवाको अविनास अनाथ आश्रममा भएको थियो।
अतिथिका रुपमा कार्यक्रममा बोल्दै नारायण प्र. भट्टराई (दुर्गा संस्कृत वेद वेदाङ्ग विद्यापीठका प्र अ ) ले सत्पात्रमा दानको महत्व निकै ठूलो भएकाले संस्थाहरुमा आगामी दिनमा पनि दान गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा सेवा नै धर्म हो भन्दै विशिष्ट अतिथी केन्द्रिय समिती सदस्य प्रदेश समिती सल्लाहकार तान्त्रिक चुडामणि पाण्डेयले यस्तै संस्थामा सेवा गर्ने मौका भगवानले मिलाइरहुन र सेवा गर्न भाग्यले मात्रै पाइने कुरा स्पस्ट पार्नुभयो ।
धर्म शास्त्रमा सेवा र दानको निकै ठुलो महता रहेको कुरा बताउनुभयो । कार्यक्रम अविनाश अनाथ आश्रम ( बालगृह ) का संचालक समाज सेवी कृष्ण नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्रमुख अतिथी नेपालले यस्तै संघ संस्था र समाज सेवी र दान वीरहरु कै कारण यो आश्रम आज सम्म चलेको बताउनुभयो।
नेपालमा रहेका अनाथ आश्रम संचालनमा निकै कठिनाई रहेको र व्यबस्थापन र खर्छ अझै जटिल विषय रहेको बताउनु भयो। नेपालमा अनाथ आश्रमको अवस्था र घड्दो तथ्यांकले आगामी दिनमा झन जटिल हुने बताउनु भयो।
लुम्बिनी प्रदेशमा जम्मा 5/7 वटा मात्रै अनाथ आश्रम रहेको र त्यसमा पनि अहिले मात्रै नेपाल सरकारबाट पूर्ण रूपमा स्वीकृत प्राप्त गरेकोमा खुशी व्यक्त गर्नु भयो । हालको समयमा 19 जना अनाथ बालबालिकाहरु यस आश्रममा रहेका र सेवा स्नेह प्राप्त गरिरहेको मा खुसी व्यक्त गर्नु भयो ।
कार्यक्रममा ज्योतिष र ग्रहको बारेमा प्रकाश पार्दै सभापति ज्ञानेन्द्र पाण्डेयले हाम्रो जीवनमा अपरिहार्य रहेको सेवामूलक पेसा ज्योतिष प्रति अविश्वास बड्दै गएको समयमा ज्योतिषीय संघ संस्थाले पनि समाजमा सेवामूलक कार्य ध्यान दिनुपर्ने बताउनु भयो।
ज्योतिष भित्र रहेका कुसंस्कार र कुरितीलाई हामी जस्तै युवा पुस्ता संस्थामा रहेर हटाउनु पर्ने र राम्रो संस्कारहरुलाई अगाडि बढाउनु पर्ने बताउनु भयो। हाम्रो जीवन नै ज्योतिषमय रहेको र हरेक समयमा ज्योतिष र ज्योतिषीको आवश्यकता रहेको छ। दिवसले ज्योतिष र ज्योतिषीको महत्त्व अझै बढेको जिकिर गर्नु भयो। कार्यक्रमको सन्चालन संघका महासचिव अनुप पौडेलले गर्नु भएको थियो।
कार्यक्रममा सन्चालक अनुप पौडेलले सहि ज्योतिषीको महत्त्व अझै बढेर जाने कुरा व्यक्त गर्नु भयो । कार्यक्रम छोटो र निकै राम्रो भएको थियो। दक्षिण एसियाली ज्योतिष महासङ्घ लुम्बिनी प्रदेशले आश्रमलाई खाद्यान्नहरु चना, चिउरा, भुजा , फुरन्दाना ,फ्रुटी ,आलु, बन्दा लगाएतका सामाग्रीहरु प्रदान गरेको थियो।