Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

खडेरीका कारण धान सुक्न थालेपछि किसान चिन्तित


४, साउन २०८०
  • 323
    SHARES
  • खडेरीका कारण धान सुक्न थालेपछि किसान चिन्तित

    बाँके । “मोटरबाट पानी तानेर जसोतसो रोपेको धान पानी नपरेपछि सुक्दै गएको छ, अझै केही दिन पानी नपरे धान बचाउन गाह्रो हुनेछ”, जानकी गाउँपालिका-१ जोगागाउँकी किसान सरिता जोशीले भन्नुभयो, “वर्षभरी खाने धान सुक्दै जाँदा मनमा चिन्ता बढ्दै गएको छ ।” जानकी–१ की महिला स्वास्थ्य स्वयम्सेविकासमेत रहनुभएकी जोशीले खडेरीले गाउँका किसानको रोपेको धान खेतमै सुकेको र रोप्ने तयारी भएको बीउ ब्याडमै सुक्न थालेको बताउनुभयो ।

    पानीको अभावमा धान रोपेको खेत फाट्दै जाँदा किसान चिन्तित भएका छन् । बाँकेमा दुई सातादेखि पानी पर्न सकेको छैन । खडेरीले बाँकेको कृषिमा नराम्रो असर पर्दै गएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख शकिल अहमदले जानकारी दिनुभयो । उहाँले यसपटक पर्याप्त वर्षा नभएकाले बाँकेमा अहिलेसम्म सबैतिर रोपाइँ हुन नसकेको बताउनुभयो । उहाँका अनुसार बाँकेमा हालसम्म ७० प्रतिशत रोपाइँ भएको छ ।

    अधिकांश सिक्टा सिँचाइको नहर भएको ठाउँ वरिपरि र कृषि ज्ञान केन्द्रको अनुदानबाट सिँचाइ भएको क्षेत्रमा मात्रै रोपाइँ गरिएको छ । हालसम्म सबैभन्दा बढी बैजनाथ, डुडुवा, खजुरा र राप्तीसोनारी गाउँपालिकामा रोपाइँ भएको तथा सबैभन्दा कम नरैनापुर गाउँपालिकामा रोपाइँ भएको छ । बाँकेमा ३६ हजार पाँच सय हेक्टरमा धान खेती हुने गर्दछ । अधिकांश ठाउँमा आकाशे पानीकै भर पर्नुपर्ने भएकाले धानखेती समयमा हुनसकेको छैन ।

    पछिल्ला वर्ष बाँकेका किसान समयमा पानी नपर्दा उत्पादन घट्ने, पानी परेर समयमै रोपे पनि पछि बाढीले क्षति पु¥याउने, मल अभाव लगायतका समस्यामा पर्दै आएको अखिल नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले बताउनुभयो । “सिक्टा सिँचाइ आयोजनाले पश्चिमी र पूर्वी मूल नहरमा पानी छाडेकाले कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा र राप्ती सोनारी गाउँपालिकाका केही भेगका किसानले खेतमा सिँचाइ गर्न पाएका छन्”, केसीले भन्नुभयो, “सिक्टा नहर पूर्णरुपमा सञ्चालन नभएका कारण अधिकांश किसान आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ ।”

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend