Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कृषिमा आधारित उद्यमलाई प्रोत्साहन गर्नेगरी नीति अघि बढाउँदैछौँ : मुख्यमन्त्री आचार्य


४, जेठ २०८२
  • 107
    SHARES
  • कृषिमा आधारित उद्यमलाई प्रोत्साहन गर्नेगरी नीति अघि बढाउँदैछौँ : मुख्यमन्त्री आचार्य

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले ल्याउने नीति तथा कार्यक्रम कृषि क्षेत्रमा संलग्न उद्यमीहरूलाई प्रोत्साहन गर्नेगरी प्राथमिकतामा राखिएको बताए ।

    राप्ती चेम्बर अफ कमर्सको तेस्रो साधारणसभा तथा अधिवेशन एवम् स्मारिका विमोचन कार्यक्रमलाई शनिबार दाङको सिसहनियाँमा सम्बोधन गर्दै उनले कृषि क्षेत्रको विकास र उद्यमीहरूलाई प्रवर्द्धन गर्ने नीति सरकारको रहेको स्पष्ट पारे ।

    उनले व्यवसायी तथा उद्यमीहरूसँग प्रदेश सरकार सधैँ साथमा रहेको बताउँदै उच्च मनोबलका साथ व्यवसायमा दत्तचित्त भएर अघि बढ्न आह्वान गरे ।

    उनले आधारभूत वर्गलाई उत्पादन कार्यसँग नजोडिएसम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने स्पष्ट पार्दै स्थानीय उत्पादन बढाउन र त्यसमा आधारभूत वर्गको अनिवार्य सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे ।

    व्यवसायमैत्री वातावरण निर्माणमा प्रदेश सरकारले भूमिका बढाएको उल्लेख गर्दै उनले व्यवसायको विकासका लागि बनाइएका कानुन, नीति, नियम, कार्यविधिहरू बाधक भएमा सुधार गर्न सरकार तयार रहेको जानकारी दिए । 

    प्रदेश राजधानी क्षेत्रको विकासका निम्ति वर्तमान सरकार गम्भीर रहेको र लगानीको खोजी भइरहेको जानकारी दिँदै उनले अनावश्यक हल्ला, भ्रम र कुप्रचार फैलाउने भन्दा राजधानी निर्माणमा हातेमालो गरेर अघि बढ्नुपर्ने समय आएको उल्लेख गरे ।

    मुख्यमन्त्री आचार्यले समस्याहरूलाई राम्रोसँग बुझेको र त्यसको समाधानका लागि गम्भीर भएर काम अघि बढाइएको स्पष्ट पारे  । कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषि र उद्यम क्षेत्रको विकास अत्यावश्यक रहेको बताए ।

    चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले स्थानीय उत्पादनको बजारीकरणका लागि निजी क्षेत्र तयार रहेको उल्लेख गर्दै प्रदेश राजधानी क्षेत्रलाई नयाँ ढंगले अघि बढाउन निजी क्षेत्रले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    राप्ती चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल शर्मा बेल्वासेको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कृषि, उद्यम लगायतका क्षेत्रमा उत्कृष्टता हासिल गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend