Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

केन्द्रीकृत सोचले संघीयता कार्यान्वयनमा चुनौती : सभामुख


९, जेठ २०८२
  • 290
    SHARES
  • केन्द्रीकृत सोचले संघीयता कार्यान्वयनमा चुनौती : सभामुख

    देउखुरी । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीयता सफल बनाउन सबैले जोड दिनु पर्ने बताएका छन् ।

    अहिले पनि केन्द्रीकृत सोचले काम गरेकाले संघीयता कार्यान्वयनमा चुनौती देखिएको बताउनु हुँदै संघीयता सफल बनाउन प्रदेशलाई सफल बनाउनु पर्नेमा जोड़ दिए ।

    शुक्रबार प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा लुम्बिनी प्रदेश सभा सचिवालयले आयोजना गरेको पुर्ब सांसद मञ्चसंग कानुन निर्माण तथा संसदीय कामकारबाही सम्बन्धि अनुभव आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयतालाई कसरी सफल बनाउने भन्नेमा पुर्ब संसदले पनि चासो र सरोकार लिन आवश्यक रहेको बताएका छन् । 

    मञ्चका अध्यक्ष डा.कृष्ण प्रसाद न्यौपानेको अध्यक्षता र सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यता लुम्बिनी प्रदेशका मन्त्रीहरु, उप सभामुख मेनुका खाड केसी, प्रदेश सभा विषयगत समितीका सभापतिहरुको आतिथ्यता तथा प्रदेश सभाका सदस्यहरु प्रदेश सभाका पुर्ब सदस्यहरुको सहभागीता रहेको उक्त कार्यक्रममा पुर्ब कानुन सचिव राजेन्द्र थापाले प्रदेश कानुन निर्माणमा प्रदेश सभा सदस्यको भुमिका अभ्यास, अवसर, चुनौती र सम्भावना विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    उनले कानुन निर्माणमा दलिय व्हिप लगाउदा कानुन कार्यान्वयनमा चुनौती थपिएको बताए । त्यसैगरी अधिबक्ता महेन्द्र पाण्डेले संघीयता कार्यान्वयनम देखिएका चुनौतीहरु बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    संघीयता बारेमा ओठे प्रतिबद्धताले संघीयता पुर्ण रुपमा कार्यान्वयन हुन नसकेको उनको भनाई छ । संघीयता कार्यान्वयनमा कर्मचारी र दलका नेताले इमानदारता र रुचि नदिएको पाइएको उनले बताए ।

    टिप्पणीकर्ता नेका प्रदेश सभा पुर्ब सचेतक निर्मला क्षेत्री,दामा शर्मा, पुर्ब स्वास्थ्य मन्त्री एवं प्रदेश सभा सदस्य बिष्णु पन्थी,लगायतले संघीयता कार्यान्वयनको लागि प्रदेशले बनाएको कानुनहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जरुरी रहेको बताएका थिए ।

    कार्यक्रम मञ्चका उपाध्यक्ष रमा अर्यालको स्वागत र महासचिब गिता थापाको संचालन सम्पन्न भएको थियो ।

    IMG-20250523-WA0006~2.jpg

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend