काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको चौथो दिनको बैठक शुरु भएको छ । मङ्गलवारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा शुरु भएको हो ।
यसअघि मंगलबार एजेन्डा सार्वजनिक गरेसँगै बुधबार र बिहीबार गरी दुई दिन ८१ जनाले बोलिसकेका छन् । दोस्रो दिन बुधबार आमन्त्रित प्रदेश सभापतिसहित ४६ र बिहीबार ३५ केन्द्रीय सदस्यहरूले बोलका थिए । बाँकी केन्द्रीय सदस्यहरूले आज विचार राख्नेछन् । बैठक आइतबार सक्याउने गरी तयारी भइरहेको पार्टीले जनाएको छ ।