काठमाडौं। सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल"प्रचन्ड"सँग रोल्पा जिल्लाका जनप्रतिनिधिहरुको भेटघाट भएको छ। शुक्रबारका दिन प्रधानमन्त्रीसँग बालुवाटारमा रोल्पाका जनप्रतिनिधिहरुको भेटघाट भएको हो।
संघीय सांसद बर्षमान पुन"अनन्त"पूर्व सभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र पुन"सिजल",रोल्पा जिल्ला समन्वय प्रमुख सीता आचार्य,उपप्रमुख कर्मलाल परियार,रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र घर्ती"धुर्व", सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकी, माडी गाउँपालिकाका अध्यक्ष अमरसिङ घर्ती"मित्रमणी", सुनछहरी गाउँपालिकाका अध्यक्ष धन बहादुर पुन "कृतिमान",लुङरी गाउँपालिकाका अध्यक्ष भरत कुमार थापा,थबाङ गाउपालिकाका दिनेश रोका"मौसम", त्रिबेनी गाउँपालिकाका रेशम पुन"चत्याङ",रुन्टिगढी गाउँपालिकाका गोबिन्द पुन"नजर"र नेकपाका नेता सन्तोष बुढामगर,खेलकुद विकास समितिका अध्यक्ष मोलङ घर्ती मगर,निवर्तमान उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगर र समाजसेवी जीवन रोका मगर लगायतले भेटघाट गरेका हुन् ।
रोल्पा जिल्ला र समसामयिक बिषयमा उत्साहजनक प्रधानमन्त्रीसँग भेटघाट भएको रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तीले जानकारी दिनु भएको छ । हामीले प्रधानमन्त्री ज्युलाई भेट्न आएको र भेटघाट कार्यक्रम राम्रो भएको छ-मेयरले भने।हामीले संघीय सांसद बर्षमान पुन"अनन्त"ज्यु लामो समय पछी छिमेकी राष्ट्र चीनबाट उपचार गरेर स्वदेश फर्किए पछी भेटेका थिएनौं र उहाँलाई बधाई र भेटघाट गर्न आएको बेला प्रधानमन्त्री ज्युलाई पनि भेट्न पाइयो-उनले भने।
प्रधानमन्त्री ज्युसँग रोल्पामा कम बजेट आएको बारेमा,सहिद मार्ग,जलजलाको विकास,सुलिचौर थबाङ सडक खण्डको स्तरोन्नति र लिबाङ देखि सल्यान सम्मको सडक स्तरोन्नति लगायतको विषयमा छलफल भएको छ-मेयरले भने। परिवर्तन गाउँपालिका र गंगादेव गाउँपालिकाबाट टोलीमा सहभागी नभएको बताइएको छ।